बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

आस्तिकहरु चार बर्ष बढी बाँच्छन नास्तिक भन्दा

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
आस्तिकहरु चार बर्ष बढी बाँच्छन नास्तिक भन्दा

अमेरिकामा गरिएको एक अध्ययनमा नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्छन् ।
एक हजारभन्दा बढी मानिसको विश्लेषण गरेपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो । ती मानिसको उमेर र वैवाहिक स्थितिलाई पनि विचार गरिएको थियो ।
अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयकी डक्टरेटकी विद्यार्थी लउरा वालेसले धार्मिक लगावको दीर्घायुसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइन् । धार्मिक प्रवृत्तिले जीवनकालमा केही वर्षको वृद्धि हुने उनी दाबी गर्छिन् ।
अध्ययन निष्कर्ष सोसल साइकोलोजिकल एन्ड पर्सनालिटी साइन्स पत्रिकामा प्रकाशित भएको छ । धार्मिक प्रवृत्तिका मानिस सामाजिक संगठनमा जोडिने गरेका र सामाजिक कार्य गर्ने हुनाले उनीहरू खुशी हुने र त्यसैले गर्दा दीर्घायु हुने गरेको तथ्यलाई पनि अध्ययनले समेटेको छ ।

एजेन्सी