बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

पहिलो डोज लगाएकालाई दोस्रो डोज सुनिश्चित हुनेगरी खोप दिनेछौँ -डा. गौतम

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पहिलो डोज लगाएकालाई दोस्रो डोज सुनिश्चित हुनेगरी खोप दिनेछौँ -डा. गौतम

नेपालमा कोभिड १९ ९कोरोना भाइरस० सङ्क्रमणका कारण यसको रोकथामका लागि निषेधाज्ञाको प्रयोग गरिराखिएको छ । कोरोना नियन्त्रणमा लिने एकमात्र उपाय अहिले निषेधाज्ञा नै बनेको छ । विश्व बजारमा कोभिड विरुद्धको खोपको उपलब्धतामा नै कमी हुनु र उपलब्ध भएका खोपहरुले पनि विश्व स्वास्थ्य सङ्गठनको अनुमति नपाएसम्म प्रयोगमा आउन नपाउने हुँदा खोपको प्रयोग गर्न केही समय लाग्ने गरेको छ । अहिले नेपालमा चीनबाट आयातित १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइने भएको छ । यसको कति प्रभावकारितारु र यो खोप कस्ता प्रकृतिका बिरामीले लगाउन नहुने रु भन्ने यसै विषयमा स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमसँग गरेृको कुराकानी –
जेष्ठ २५ गतेबाट सुरु हुने खोप अभियान तपाइँहरूले कसरी सञ्चालन गर्दै हुनुहुन्छ रु
हामीलाई १० लाख भेरोसेल खोप प्राप्त भएको छ । हामीले ६० देखि ६४ उमेर समूहलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसको सङ्ख्या भने साढे आठ लाख रहेको छ । त्यो साढे ८ लाखमध्ये सबैलाई दोस्रो मात्रा सुनिश्चित हुने गरी हामी ७७ वटै जिल्लामा खोप लगाउने प्रकृयालाई अगाडि बढाइरहेका छौँ । हाम्रो उद्देश्य ५५ देखि ६५ वर्ष उमेर समूहका सबै नागरिकलाई खोप दिने थियो तर दोस्रो खोप पनि सुरक्षित गर्नुपर्ने र यो उमेर समूहका नागरिकहरु धेरै भएका कारण अहिले ६० देखि ६४ उमेर समूहकालाई मात्र समेटेका छौँ । खोप उपलब्ध हुने वित्तिकै हामी उहाँहरुलाई पनि समेट्दै सबै नागरिकले खोप लगाउन पाउने वातावरण मिलाउँदै जानेछौँ । अग्रपङ्क्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले खोप लगाइसकेको हुँदा हामी विस्तारै प्राथमिकताका आधारमा खोप दिनेछौँ ।
त्यसो भए जेष्ठ नागरिकको लागि दास्रो खोप सुनिश्चित छ भनेर बुझ्दा हुन्छ रु
हुन्छ । जति जनाले २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा पहिलो डोज खोप लगाउनु हुन्छ उहाँहरुले चार हप्तामा अर्को डोज खोप पनि लगाउन अवश्य पाउनुहुनेछ ।
बालबालिका र सुत्केरीका लागि चीनबाट ल्याइएको खोपको प्रभावकारिता कत्तिको हुन्छ रु
भेरोसेल खोप अहिले १८ वर्षभन्दा माथिका उमेर समूहकालाई मात्र दिइएको छ । सुत्केरी वा गर्भवतिलाई हामीले अध्ययनका आधारमा मात्र दिनुपर्ने हुन्छ । स्तनपान गराइरहनुभएका सुत्केरीहरुलाई हामी दिन्छौँ । तर गर्भवतिको हकमा जोखिम हेरेर खोप दिँदा फाईदा कि नदिँदा फाइदा हुन्छ भनेर विश्लेषण गरेर दिन पनि सकिन्छ । अरु ६० वर्ष वर्ष भन्दा माथिका उमेर समूहका लागी हामीले यो खोप दिएका थिएनौँ । विश्व स्वास्थ्य संगठनको सिफारिस र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार १८ वर्ष भन्दा माथिका सबैलाई दिन सकिन्छ भन्ने सिफारिस भएको कुरालाई मन्त्रालयले पनि निर्णय गरेर अहिले हामीले ६० वर्ष भन्दा माथिकालाई पनि यो खोप दिँदैछौँ ।
कस्तो प्रकृतिका बिरामीहरुले यो भेरोसेल खोप लगाउनुहुँदैन रु
यदि यो खोपको एलर्जी छ, खोप र खोपमा भएको तत्वहरुको एलर्जी छ भन्ने जानकारी छ भने त्यस्ता व्यक्तिहरुले लगाउनुहुँदैन । अनि सिकिस्त बिरामीहरुले पनि यो खोप लगाउनु हुँदैन र कुनै सक्रिय सङ्क्रमण वा ज्वरो आइराखेको छ भने लगाउनु हुँदैन ।
खोप केन्द्रसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई कसरी खोप दिनुहुन्छ रु
यो सबै निर्णय गर्ने अधिकार जिल्लास्थित कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति जुन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुन्छ, त्यो समितिले खोप केन्द्रहरुको निर्धारण गर्ने, खोपको पहुँचका कुराहरु, कुन उमेर समूहलाई दिने भन्ने कुरा केन्द्रको निर्देशनमा आधारित रहेर त्यो समितिले निर्णय गर्दछ । अर्को खोप केन्द्रहरुको पहुँच पु¥याउने वा खोप केन्द्रसम्म सेवाग्राहीलाई पु¥याउने काममा स्थानीय तहले पनि सहयोग पु¥याउनु पर्ने हुन्छ । हामीले उहाँहरुसँग पनि अनुरोध गरेका छौँ । यो सबै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाले मात्र गरेर सम्भव छैन, यो जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, नागरिक समाजलगायतको संयुक्त सहयोग आवश्यक पर्दछ ।
फरक फरक कम्पनीले उत्पादन गरेको खोप लगाउनु हुन्छ कि हुँदैन रु
पहिलो खोप जुन कम्पनीको वा फर्मुला अनुसारको लगाइएको छ, दोस्रो खोप पनि त्यही कम्पनी वा त्यही फर्मुला अनुसारको लगाउनुपर्दछ । जस्तै, पहिले कोभिड १९ विरुद्ध कोभिसिल्ड खोप लगाएको छ भने पछिल्लो खोप त्यही वा अस्फोर्ड अस्ट्राजेनेकाको फर्मुला अनुसार बनेको खोप लगाउनुपर्छ । अहिले भेरोसेल नामक खोप जसले लगाउनुभएको छ दोस्रो खोप पनि त्यही नामकै लगाउनुपर्दछ वा त्यही फर्मुलामा बनेको खोप लगाउनुपर्दछ । पहिले एक थरी खोप लगाउने पछि अर्को थरी खोप लगाउने काम गर्नुहुँदैन ।

भेरोसेल खोपले नेपालमा देखिएको भेरियन्टलाई पूर्णतया निषेध गर्न सक्छ रु
धेरै विषय त अध्ययनकै विषय भएका छन् । तर यदि हामीसँग कोभिड १९ विरुद्धको खोप उपलब्ध छ र जो व्यक्तिहरु खोप प्राप्त गर्ने प्राथमिकतामा पर्छन् भने खोप लिँदा राम्रो हुन्छ । केभिडका जति पनि नयाँ प्रजातिहरु छन् तिनीहरुबाट जोगाउने नै काम गर्छ । खोपको बेफाइदा छैन, त्यसैले लगाउँदा नै उत्तम हुन्छ । त्यसकारण खोप उपलब्ध छ, प्राप्त हुन्छ भने लगाउनुपर्छ ।
खोपको अपेक्षाभन्दा उपलब्धतामा अलि कम किन भैरहेको छ रु
अहिले सबैलाई थाहा भएको कुरा हो कि संसारमा खोपको उपलब्धता कम छ । पैसा हुने सरकारले अथवा पैसा हुने देशले पनि खोप सजिलै पाएका छैनन् । त्यसकारणले यो अरु समस्या होइन कि खोपको उपलब्धता विश्व बजारमा नै समस्याका रुपमा रहेकाले यस्तो सिर्जना भएको हो । अरु समस्या त म देख्दिन ।