बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

शेरबहादुरजीको काँध थाक्यो, अब विश्राम लिनुपर्छ : वरिष्ठ नेता पौडेल

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
शेरबहादुरजीको काँध थाक्यो, अब विश्राम लिनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि तयारीमा छन्। यसअघि सभापति शेरबहादुर देउवासँग करिब ६०० मतले पराजित भएका पौडेलले आफू गत महाधिवेशनकै घाइते भएकाले सहयोग गर्न आफ्नो पक्षका नेताहरूसँग आग्रह गरिसकेका छन्। नेपाली राजनीतिलाई सम्मानित बनाउन सिद्धान्तको राजनीति अपरिहार्य रहेको बताउँदै आएका रामचन्द्र पौडेलसँग पार्टी महाधिवेशनको तयारी, कांग्रेसको भावी गन्तव्य र समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

पार्टीमा महाधिवेशनको चहलपहल तीव्र भएको छ। अबचाहिँ महाधिवेशन हुने वा नहुने भन्ने दुविधा अन्त्य भएको हो ?
महाधिवेशन जसरी पनि गर्नुपर्छ। कुनै पनि प्रक्रिया अपनाएर महाधिवेशन नगरीकन कांग्रेसको अस्तित्व रहँदैन। यति ठूलो लोकतन्त्रको संरक्षक पार्टी नै असंवैधानिक भयो भने के होलारु लोकतन्त्रको भविष्य के होलारु त्यसैले यो नेपाली कांग्रेसको मात्र सवालको विषय होइन,लोकतान्त्रिक नेपालको सवाल पनि कांग्रेस महाधिवेशनसँग जोडिएको छ। कांग्रेसको अस्तित्वको सवाल पनि जोडिने भइहाल्यो। त्यसैले महाधिवेशन हुन्छ र हुनैपर्छ।

महाधिवेशन समयमै हुन्छु भनिरहनुभएको छ। असार २० भित्र क्रियाशील सदस्यताको विषय टुंग्याउने भनिए पनि पूरा भएन। कार्यतालिका त प्रभावित भयो नि ?
क्रियाशील सदस्यताको काम असार २० गतेसम्म सकेनन्। तर असार मसान्तसम्म जसरी पनि सक्छौं भनेर काम गरिरहेका छन्। क्रियाशीलको काम सकिएपछि साउन १२ गतेदेखि वडा तहमा चुनाव सुरु हुन्छ। यसपछि तल्ला तहका सबै काम सकिन्छन् र भदौ १६ गते महाधिवेशन सुरु हुन्छ।

क्रियाशील सदस्यताको विवाद सहमतिका आधारमा टुंग्याउने भनिएको छ। तर, तपाईंहरू भने अझै असन्तुष्ट हुनुहुन्छ, किन ?
संस्थापन ९सभापति शेरबहादुर देउवा०पक्षबाट जतासुकै क्रियाशील सदस्यताका विषयमा हेराफेरी गरिएको छ। हामी त्यो धाँधली रोक्न हरकिसिमको कोसिस गर्दैछौँ। हाल बनेको क्रियाशील सदस्यता छानबिन समितिले विवादास्पद क्रियाशील सदस्यको टुंगो लगाउन सक्दैनौं भनेको छ। अब त्यो कसरी जान्छ, साथीहरूले कतिसम्म मिलाउन सक्नुहुन्छ त्यसमा निर्भर हुन्छ।

कांग्रेसभन्दा बाहिरबाट मान्छे घुसाएर क्रियाशील बाँडिएको छ। कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार र सुनील थापाका सदस्यहरुलाई हामीले स्वागत नै गरेका छौं। तर, त्यसको नाममा अरूअरू मान्छे ल्याएर क्रियाशील सदस्यता बाँडेर पार्टी कब्जा गर्ने योजना देखिएको छ। त्यसलाई रोक्नु अहिलेको चुनौती हो।

कुनै ठाउँबाट विवादास्पद लिस्टु आयो, कुनै वडामा प्रक्रिया मिलेको छैन,प्रमाणित छैन। तर मान्छे ल्याएको छ भने के गर्ने ?  भन्दा छानबिन डिटेलमा गर्न भ्याइँदैन। त्यसैले त्यसलाई थाती राखौँ र अर्को अधिवेशनमा प्रक्रिया पुर्‍याएर छानबिन गरेर टुंगो लगाऔँ भन्या हो। यस्तो पहिलेदेखि नै हुँदै आएको छ। १३औं महाधिवेशनमा पनि विवादित क्रियाशील सदस्यता थाती राखिएको थियो। त्यसलाई जिल्लामा गएर छानबिन गरेर टुंगो लगाइएको छ।

महाधिवेशनको माहोल तातेसँगै सभापतिका आकांक्षीहरुले तयारी थालेका छन्। तपाईंहरुकै समूहमा आठ जना आकांक्षी हुनुहुन्छ। कसरी मिलाएर अघि बढ्नुहुन्छ ?
सबैको उमेर पुगेको छ। सबैको लामो योगदान पनि छ। सबैको पृष्ठभूमि आआफ्नै छन्। त्यसैले चाहना राख्नु स्वाभाविक हो। तर, अहिलेको आवश्यकता के होरु र मिलनबिन्दु कहाँ हुन्छरु त्यहाँ गएर एकता हुन्छ, हुनुपर्छ।

भनेपछि मिलनबिन्दुको खोजी भइरहेको छ ?
त्यसका लागि छलफल हुँदैछ। मिलनबिन्दु टुंगो लाग्छ अब।

तपाईंहरू सभापति शेरबहादुर देउवाले विधानविपरीत काम गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउन हुन्छ। देउवा नेतृत्वको विकल्प खोज्ने कुरामा तपाईंहरू एक हुनुहुन्छ। तर सभापतिमा एक जना उम्मेदवार तय गर्नचाहिँ सकस छ नि ?
शेरबहादुरजीबाट पार्टीको भलो भएको छैन भनेर महसुस गर्ने मान्छेहरुमा आ–आफ्नो आकांक्षा होला। आकांक्षा नभएको त कोही हुँदैन। शेरबहादुरजीको सट्टामा म भए राम्रो काम गर्छु भन्ने चाहना सबैको होला। तर, त्यो कहाँ र कसले गर्दा ठिक हुन्छ भन्ने कुरामा एउटा प्वाइन्टमा त पुग्नुपर्‍यो नि१ सबै एउटा बिन्दुमा आइपुग्नुपर्‍यो।

त्यो केन्द्रबिन्दु तपाईं बन्न सक्ने सम्भावना कति छ ?
म अहिले आफ्नो मात्रै कुरा गर्दिनँ। म अलिकति लिबरल डमोक्रेटु हुँ। म सामूहिक नेतृत्वमा पनि विश्वास गर्छु। सबै साथीभाइको सल्लाह, सुझाव लिएर एकमत भएर जाऔं भन्ने मेरो धारणा छ। शेरबहादुरजीको जस्तो शैली मेरो होइन। उहाँको डिक्टेटु गर्ने शैली छ। मेरो प्रजातान्त्रिक शैली हो। सबै साथीहरूसँग सल्लाह गरौं, तपाईंहरुले यथार्थ कुरा भन्नुहोस् भन्ने गरेको छु। अहिले कसको आवश्यकता हो तरु भनेर मैले साथीहरुसँग प्रस्ताव राखेको छु।

तपाईंले आफू १३औं महाधिवेशनको घाइते भएकाले यो महाधिवेशनमा उपचार हुनुपर्छु भन्नुभएको छ। १४औं महाधिवेशनमा तपाईंको घाउको उपचार होला त ?
यी सबै कुरा तथ्य हुन्। तर, यो टिममा कोही बोल्न पाउँदैनौ, उम्मेदवार हुन पाउँदैनौ भनेर मैले भन्न भएन नि।

संस्थापन इतर समूहमा तपाईंबाहेक अरु कसैका नाममा सहमति भयो भने स्वीकार्न तयार हुनुहुन्छ वा आफैं लड्नुहुन्छ ?
विकल्प गतिलो चाहियो नि त। अहिलेको समस्या र आवश्यकता के होरु त्यसको पूर्ति हुनुपर्‍यो। म व्यक्तिको कुरा होइन, अहिले कांग्रेसको कस्तो थिति छ, त्यसबाट कांग्रेसलाई माथि उठाउन कसरी सकिन्छरु त्यसमा छलफल गरौं। म यो कुरामा प्रस्ट छु। मेरा सबै कुरा पारदर्शी छन्। आउनुहोस्, कुरा गरौं- आवश्यकता के हो र विकल्प को होरु भन्ने गरेको छु।

शेरबहादुरजीको विकल्प त खोज्नुपर्‍यो। पार्टीभित्रको महाधिवेशन जित्न पर्‍यो र आमनिर्वाचनमा पार्टीलाई जिताउनुपर्‍यो। त्यो जिताउन मौखिक, नैतिक र राजनीतिक क्षमता कसको छरु प्रचण्ड, माधव नेपाल, केपी ओली, उपेन्द्र यादव, महन्थ ठाकुरहरूका अघि कांग्रेसका तर्फबाट कसले कमान्ड गर्न सक्छ, कसले दिन सक्छ त्यो व्यक्तित्व। त्यो हुनुपर्‍यो। चाहना, इच्छाले मात्रै सबै कुरा हुँदैन।

शशांक कोइराला, प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधि निरन्तर छलफलमा हुनुहुन्छ। महाधिवेशनसम्म एकै ठाउँमा उभिने र तीनमध्ये एकजना उम्मेदवार हुने बताइरहनुभएको छ। यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?
विमलेन्द्रले लटपट्याउन खोजेका हुन्, अरु केही होइन। विमलेन्द्र निधिले शशांक र प्रकाशमानजीको बुद्धि भुट्न खोजेका हुन्।

भनेपछि उहाँहरुबीच सहमति बन्दैन भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
कहाँबाट बन्नेरु विमलेन्द्र निधि शेरबहादुरलाई सभापति नमानेर शशांक र प्रकाशमानलाई सभापति मान्न आउनुभएको होरु अथवा शशांक र प्रकाशमानले मलाई सभापति मान्दिन्छन् भनेर पत्याएर आउनुभएको होरु के हो उहाँको राजनीतिरु उहाँले खेलाइ-खेलाइकन यो घर(समूह) लाई विचलित गर्न खोज्दै हुनुहुन्छ। हाम्रो घरलाई विचलित बनाउने खोजेको कुरा त साथीहरुले बुझ्नुपर्‍यो।

त्यसो भए सँगै बसेर केही छाक लन्चु गरे पनि उहाँहरूबीच कुनै सहमति हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ ?
त्यहाँभन्दा अरु के हुन्छ ? त्यहाँबाट आउने आउटलुकु के हो तरु तीन जनामा सहमति हुन्छ ? सहमतिको कुनै मिलनबिन्दु छ ?

उहाँहरुले हामी कांग्रेस संस्थापकका पुत्र हौं। बुवाहरुले पार्टी बनाउनुभयो, स्थापित गर्न संघर्ष गर्नुभयो। अब हामी कांग्रेसलाई संस्थागतरूपमा चलाउँछौँ, बलियो बनाउँछौं भनिरहनुभएको छ नि ?
उहाँहरुका बुवाहरुले आर्जन गरेको सम्पत्ति हामी सबैको सम्पत्ति हो। कांग्रेसका १० लाख सक्रिय कार्यकर्ताको सम्पत्ति हो। पार्टीमा धेरै मान्छेको योगदान छ। अहिले लोकतन्त्रको युग हो। समयअनुसार उहाँहरुको कुराले मेल खाँदैन।

सुजाता कोइरालाको निवासमा तपाईं र कृष्णप्रसाद सिटौलाबीच के कुराकानी भएको हो ?
सुजाताजीले रामचन्द्र दाइ भटौं नभन्नुभयो। बिरामी मान्छेले बोलाएपछि ठिकै छ भनेर म गएको हुँ। सिटौलाजीलाई पनि बोलाउनुभएको छ भन्ने मलाई थाहा थिएन। एकछिन हामी तीन जना बस्यौं। पार्टीका आन्तरिक विषयमा छलफल भयो। त्यति भयो, मलाई अर्को काम थियो, म फर्किहालेँ। त्यो मैत्रीपूर्ण भेटघाट थियो।

१३औं महाधिवेशनबाट छुट्टिनुभएका तपाईं र सिटौलाबीच फेरि मिलन हुन खाजेको हो ?
राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैन। अहिलेको आवश्यकताअनुसार मिल्नुपर्छ। विषय, एजेन्डा र परिस्थितिले मिलाउने र एकता गराउने हो। अहिलेको साझा एजेन्डा पार्टी बचाउनुपर्ने, सुधार्नुपर्ने र जनताले भरोसा गर्न योग्य बनाउनुपर्नेछ। यो आवश्यकतामा हामी सबै मिल्न सक्छौं।

जबजब कांग्रेसमा महाधिवेशन नजिकिँदै जान्छ, तब नेताहरूले एकअर्कासँग प्रधानमन्त्रीको कार्ड खेल्न थाल्छन्। १३औं महाधिवेशनमा तपाईं र सभापति देउवाले एकअर्कालाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो। अहिले पनि त्यो स्थिति देखा परेको छ। प्रधानमन्त्री कोर्ड कांग्रेसमा किन यतिधेरै खेलिन्छ ?
यो कुरा महाधिवेशनले तय गर्ने कुरा हो। महाधिवेशनले कसलाई सभापति चाहन्छ, त्यो सभापति हुने हो। त्यसैले महाधिवेशन निष्पक्ष होस्, स्वच्छ र धाँधलीरहित होस्, म यही चाहन्छु।

१४औं महाधिवेशनबाट कांग्रेसमा नेतृत्व परिवर्तन हुन्छरु तपाईंहरूको पक्ष एक ठाउँमा आउनुहुन्छ ?
शेरबहादुरजीको काँध अली बढी थाक्यो होला। त्यसलाई विश्राम दिऔँ भन्ने नै हाम्रो प्रयास हो।

तपाईंले आफूलाई ुलिभरल डेमोक्रेटु र सामूहिक नेतृत्वमा विश्वास गर्ने नेताका रुपमा अर्थ्याउनुभयो। सभापति देउवासहित इतर समूहका सबै आकांक्षीलाई मिलाएर १४औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सक्ने प्रयास तपाईंले गर्नुहुन्छ ?
म सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिने मान्छे हुँ। त्यो व्यवस्था हाम्रो साझा एजेन्डा हो। नेपाली कांग्रेसभित्रको लोकतन्त्रीकरण सबैका लागि आवश्यक कुरा हो। व्यक्तिगत रुपमा मेरा लागियो नजिक र ऊ टाढा भन्ने पूर्वाग्रह छैन। सायद देशभरका सबै कांग्रेस मप्रति पूर्वाग्राही पनि छैनन्। म एकताको प्रतीक बन्न सक्छु।

एकातर्फ बाढीपहिरोको समस्या र अर्कोतर्फ कोरोना महामारीको कहर पनि छ। यस्तो अवस्थामा ठूलो जमात भेला पारेर महाधिवेशन सम्पन्न गर्ने सम्भावना कति रहन्छ ?
प्रदेश–प्रदेशमा, जिल्ला–जिल्लामै भोट हाल्ने व्यवस्था गर्न सकिन्छ। अहिले असम्भव के छ ररु देशभर डीएलए ९डेमोक्रेटिक लयर एसोसिएसन० का शाखा छन्। प्राध्यापक र शिक्षक छन्, नेताहरू पनि छन्। उनीहरूले नै त्यहाँ ह्यान्डल गर्छन्। निर्वाचन समितिले भर्खर निर्देशिका बनाउन लागेको छ। परिस्थितिअनुसार चल्नुपर्छ। अहिले त सहज अवस्थाको कल्पना गरेर समयमै अधिवेशन सम्पन्न गराउने गरी निर्देशिका बन्छ।

भनाइको मतलब अब महाधिवेशन सार्न कुनै बहानाबाजीले काम गर्दैन भन्ने नै हो,होइन त ?
महाधिवेशन हुनै नसक्ने अवस्था अब आउँदैन। एउटा विधि अपनाएर हामी गरिहाल्छौं। हामी नेपाली बाँचिराख्या हुन्छौँ, कांग्रेस बाँचिरहेको हुन्छ। हामी बिहानबेलुका खान त केही न केही गर्छौं। ठूलो सभा नहोला, छलफल गर्न नसकिएला। भोट हाल्ने हो,भोट हाल्न धेरै गाह्रो छैन। क्रियाशील मात्रै टुंग्याऔँ न, त्यसपछि महाधिवेशन आफैं अघि बढ्छ।

महाधिवेशन खाली नेतृत्व चयनमा मात्र केन्द्रित भयो। पार्टीभित्र नीतिको बहस हुनै छोड्यो, त्यसैले कांग्रेस कमजोर भयो भनी टिप्पणी गर्ने पनि छन्। के भन्नुहुन्छ ?
महाधिवेशनमा नेतृत्व चयन गर्ने नै प्रमुख प्राथमिकता हो। नेतृत्वले महाधिवेशनका लागि समसामयिक विचार, दृष्टिकोण र अहिलेको परिस्थितिको सामना कसरी गर्नेरु अहिलेको राजनीति कसरी विषम बनिरहेको छ र कस्ता प्रवृत्तिले मुन्टो उठाइरहेका छन् भन्ने विषयमा छलफल गर्नुपर्छ। देश र जनतालाई कांग्रेसले मार्गदर्शन गर्नैपर्छ। त्यसका लागि पार्टीको नेतृत्वले सोच्नुपर्ने हो। नेतृत्वले सोचेन भने पनि म अब कार्यदिशा ल्याउँछु। कार्यकर्ताले माने भने मेरो त्यही विचारले कांग्रेसलाई मार्गदर्शन गर्छ।

यसको मतलब कांग्रेसलाई दिशानिर्देश गर्ने विचार तपाईंसँग छ। र, त्यसले कांग्रेसलाई सदृढ र बलियो बनाउँछ भन्ने तपाईंको दाबी होरु
हो। यसअघि गत कात्तिकसम्म नेपाली कांग्रेस एक किसिमले सुतैकै अवस्था थियो। कांग्रेस छैन, कहाँ गयो भनेर टिप्पणी भइरहेको थियो। मैले आफ्ना विचार दिन थालेको थिएँ। पत्रपत्रिका, मिडियामा मेरा विचार आउन थालेका थिए।

यही बीचमा तनहुँमा पुल उद्घाटन गर्न गएका बेला सरकारले मलाई रोक्न खोज्यो, बल प्रयोग गर्‍यो। मैले त्यसलाई तोडेँ। सरकारलाई चुनौती दिएँ। मेरो मौलिक हक खोज्ने तिमीहरु को हौरु भनेँ। पुल उद्घाटन गरेँ र त्यसले कांग्रेसमा सञ्जीवनीको काम गरेकै हो। कर्म बिना विचारको मात्रै काम छैन र त्यसको कार्यान्वयन गर्नुपर्छ भनेर म लागेको थिएँ। कर्म र चिन्तनको संयोजन हुनुपर्छ भन्ने मेरो सोचाइ हो।

महाधिवेशन आसपास कांग्रेसमा युवा नेतृत्व र पुस्तान्तरणको बहस हुँदै आएको छ। तर, तपाईंले उमेर अंक मात्रै भएको र विचार नयाँ हुनुपर्छ भन्दै आउनुभएको छ। युवा नेतृत्व र पुस्तान्तरणको बहस सान्दर्भिक छैन भन्ने आशय हो ?
राष्ट्रको नेतृत्व गर्ने कुरा तन्नेरी हुँदैमा पनि हुने होइन र बूढो हुँदैमा पनि हुने होइन। राष्ट्रको नेतृत्व त विचार, दृष्टिकोण, योजना र कार्यक्रमले गर्ने हो। राष्ट्रलाई र राष्ट्रका समस्यालाई हेर्ने दृष्टिकोण के होरु समस्याबाट पार लाउन के गर्नेरु भन्ने चाहिन्छ।

कांग्रेसको सभापति भनेको राष्ट्रकै झण्डैझण्डै सभापति जस्तो हुन्छ। कांग्रेसको सभापति राष्ट्रको भरोसाको केन्द्र हो। त्यसैले त्यही किसिमको नेता चाहिन्छ। अराजनीतिक कुरा गरेर अलमल्याउनु राम्रो होइन। अहिले त्यही भइरहेको छ। सबै बुद्धिजीवी र सञ्चारकर्मीहरुलाई सन्देह सिर्जना गर्ने कुरा नगरौं। आजको आवश्यकता के हो, त्यतापट्टि सोचौं।

युवाप्रति मेरो सम्मान छ। युवाको साथ विना पार्टी पूर्ण हुँदैन। युवासहितकै पार्टी हो। तर, कसैलाई निषेध गरेर पार्टी बन्दैन। युवा र प्रौढहरूको फ्युजन गर्ने हो र बलियो पार्टी बनाउने हो।

दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। तपाईंहरूको पक्षमा फैसला आउनेमा कति विश्वस्त हुनुहुन्छ ?
सर्वोच्चले संविधानको व्याख्या गर्ने हो। हामीले संविधान बनाउँदा संसद् विघटन नहोस् भनेर सोचेका थियौं। त्यहीअनुसार धारा ७६ बनाइएको हो। त्यसको सही व्याख्या अदालतले गर्‍यो भने प्रतिनिधिसभा पुनःस्थापना हुन्छ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार जसरी तपाईंहरुले प्रधानमन्त्री बनाउने प्रयास गर्नुभएको छ, त्यो चाहिँ निर्दलीय व्यवस्थाको अभ्यास हो भनेर ओली निकटका नेता र उनी पक्षका कानुन व्यवसायीहरुले भनिरहेका छन् नि ?
यो बेकारको कुरा हो। उनीहरुले यो विषयलाई ट्विस्ट गरेका हुन्। मूल कुरा हो संसद्को स्थायित्व। संसद् स्थायी रहनुपर्‍यो। प्रधानमन्त्री सर्वशक्तिमान बन्ने, जतिबेला मन लाग्यो त्यतिबेला संसद् फाल्दिनँ सक्ने प्रवृत्तिलाई रोकौं भनेर हामीले संविधान बनाएको हो। त्यसका लागि धारा ७६ को उपधारा ५ राखेको हो। पार्टीको बन्धनमा सांसदहरू नपरून् भन्ने त्यसको उद्देश्य हो। सांसदहरुको स्वतन्त्रताको कल्पना गरेर त्यो व्यवस्था गरिएको हो। सांसदहरूको स्वतन्त्र र स्वनिर्णयको अधिकार धारा ७६ को उपधारा ५ मा राखिएको हो।

अमेरिकामा सांसदहरुले कतिपय विषयमा स्वतन्त्र निर्णय गर्छन्। आफ्नै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने प्रयास पनि हुन्छ, कतिपय महाअभियोगका विपक्षमा पनि उभिन्छन्। हामीले कतिपय चिज अमेरिकाको अभ्यासलाई हेरेर संविधानमा ल्याएका छौं। पार्टीको बन्धक भएर सबै सांसद हिँड्नुपर्छ भन्ने छैन। संविधान रलोकतन्त्र बचाउनुपर्ने अवस्थामा सांसदले स्वतन्त्र हैसियत राख्छ।

विपक्षी गठबन्धनका विषयमा कांग्रेसभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। किन होला ?
कांग्रेसभित्र सानातिना केही कुरामा असन्तुष्टि होला। कहीँ प्रदेशमा सरकार बनाउँदा एकलौटी भयो भन्ने होला। तर मूलभूत रूपमा यो सिस्टम बचाउनुपर्छ भन्ने कुरामा एकता छ। प्रतिगमनतर्फ जान दिन हुँदैन भन्नेमा कांग्रेसभित्र एकता छ।

गठबन्धन निर्वाचनसम्म कायमै रहन्छ ?
यो कुरा परिस्थितिमा भरपर्छ। मैले भनेको छु–ओली कसरी अघि बढ्छन्, उनको पार्टी कसरी अघि बढ्छरु परिस्थिति कस्तो रहन्छ, त्यसमा भरपर्छ। कस्तो परिस्थितिमा चुनाव हुन्छ, त्यसमै भर पर्छ। संसारमा गठबन्धनका अभ्यास भइरहेका छन्। हामीले परिस्थितिअनुसार गर्नुपर्छ।

पार्टीबाट शेरबहादुर देउवा र देशबाट केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो भन्ने यहाँको निष्कर्ष हो ?
आफैं मात्र जीवनभर रहनुपर्छ भन्ने सोच हुन्छ प्रवृत्ति डेमोक्रेसीका लागि घातक हो। यो डेमोक्रेसी होइन। डेमोक्रेसीमा कोही व्यक्ति स्थायी हुँदैन र अपरिहार्य पनि हुँदैन। परिस्थितिअनुसार चेन्ज हुनुपर्छ। उसको कार्यक्षमता, जनताको चाहना, काम गर्ने तरिका र उपलब्धि हेरेर परिवर्तन हुनुपर्छ। जसलाई जनताले एकपटक मत दिएर पठाउँछन्, त्यसपछि मात्रै शक्तिमा रहनुपर्छ भन्ने डेमोक्रेसी होइन। जनताले परिवर्तन गर्न पाउने र सुधार गर्ने, संगठनलाई बलियो बनाउने हो। बलियो सभापतिको कमजोर पार्टी र बलियो प्रधानमन्त्रीको कमजोर देश यो राम्रो होइन। कांग्रेस सिंगो बलियो हुनुपर्छ, सभापति त निमित्त पात्र मात्रै हो।

प्रतिनिधिसभा पुनःस्थापना भएर देउवा प्रधानमन्त्री बन्नुभयो भने उहाँले महाधिवेशन प्रभावित पार्ने सम्भावना कति छ ?
नेपाली कांग्रेस सत्तासँग लडेर आएको पार्टी हो। राणा शासन, राजतन्त्रसँग लडेको पार्टी कुनै पनि अधिनायकवाद र शक्तिका अघि झुक्दैन। कसैसँग शक्ति भयो भने त्यसलाई कांग्रेसले देउता मान्दैन। कांग्रेसले स्वतन्त्र निर्णय गर्छ।

अब सरकारका कुरा गरौँ। सरकारका पछिल्ला गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?
केपी ओलीजीले सरकारको नेतृत्व गरिरहनुभएको छ। उहाँमा अत्यन्त ठूलो अहंकार छ। सत्तालाई पूर्ण रूपमा आफूमा केन्द्रित गर्ने उहाँको प्रवृत्ति छ। त्यसैलाई सर्वसत्तावाद भन्छन्। यसमा मेरो असहमति छ। मैले दमौलीमा भनेको थिएँ, कम्युनिस्टको ‘क’ सँग होइन, अधिनायकवादको ‘अ’ सँग आपत्ति छ। ओलीसँग भन्दा पनि उहाँको अधिनायकवादी प्रवृत्तिसँग आपत्ति छ। हामीले लडेर लोकतन्त्र ल्यायौं, लोकतन्त्र सफल हुनुपर्छ। सबैले नेपाली समाजलाई लोकतन्त्रिकीकरण गर्ने दिशातिर नेतृत्व गर्नुपर्छ।

शनिबार एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीका विश्वासपात्र मानिएका नेताले संघीय संरचना, शासन प्रणाली र धर्मनिरपेक्षताको विषयमा समीक्षा गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्। यसलाई कसरी हेर्नुभएको छ ?
एमालेभित्र जुन विचलन आइरहेको छ, त्यसले पुरानो सम्झना गराउँछ। केपी ओली २०६२ को जनआन्दोलनको पक्षमा हुनुहुन्नथ्यो। उहाँले यो आन्दोलनले गणतन्त्र आउँछ भन्नु बलयलगाडा चढेर अमेरिका जान्छु भन्नुजस्तै भएको बताउनुभएकै हो। दुर्भाग्यले नेपाली जनताको स्मरणशक्ति छोटो भएर उहाँ नै करिब दुई तिहाइ मतको नेता बन्न पुग्नुभयो। त्यो नै नेपालको राजनीतिको विडम्बना हो।

ओलीको वास्तविक कुरा बिस्तारै बाहिर आउँदैछ। उहाँको असलियत एकएक गरेर बाहिर आउन थाल्यो। उहाँ प्रगतिशील होइन, कम्युनिस्ट पनि होइन, उहाँ समाजवादी, प्रजातन्त्रवादी र जनवादी पनि होइन, भनेर बिस्तारै खुल्न थाल्यो। उहाँ त पुरातनवादी, रूढिवादी र सामान्तवादी हो भन्ने स्पष्ट भइसकेको छ। बिरोलोलाई कम्बलले ढाकेर राखे पनि म्याउँ गर्दा थाहा भइहाल्छ भनेजस्तो देखिएको छ। केपी ओली प्रतिगमनका नायक हुन् भन्ने कुरा उनकै मान्छेको मुखबाट छताछुल्ल हुन थालेको छ।

नेपाल समयबाट