सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

लक्ष्य भन्दा रु.आठ करोड बढी राजस्व सङ्कलन

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
लक्ष्य भन्दा रु.आठ करोड  बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कुल रु.आठ अर्व ९३ करोड ३७ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले रु.आठ अर्व ८४ करोड ४६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।

आर्थिक वर्ष २०७६÷७७ मा सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा कुल रु.छ अर्व ९५ करोड ७९ लाख ७४ हजार राजस्व सङ्कलन गरेको थियो।

सो अवधिमा राजस्व असुलीमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्य भन्दा रु.आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व सङ्कलन गरेर लक्ष्य भन्दा बढी असुल गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो।

उहाँले आर्थिक वर्ष २०७७÷७८ मा आर्थिक वर्ष २०७६÷७७ भन्दाको भन्दा रु एक अर्व ९७ करोड ५८ लाख दुई हजार बढी राजस्व सङ्कलन गरेको जानकारी दिँदै राजस्व असुलीमा अन्तःशुल्कको पनि निकै ठूलो योगदान हुने भएकोले बन्दाबन्दीमा अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन,वितरण तथा बिक्रीमा मन्दी आएकोले आशातित राजस्व सङ्कलनमा बाधा पुगेको जानकारी दिनुभयो।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७७÷७८ मा सङ्कलित राजस्वमा आयकर रु.तीन अर्व ५२ करोड १९ लाख १४ हजार, मूल्यअभिवृद्धिकर रु.दुई अर्व ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु.दुई अर्व ८७ करोड २८ लाख ५० हजार रहेको छ।

सो अवधिमा आयकरमा १३० प्रतिशत, मूल्यअभिबृद्धिकरमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा आयकरमा ८१ प्रतिशत,मूल्यअभिबृद्धिकरमा १०० प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र वार्षिक प्रगति हासिल गरेको थियो ।जबकी आर्थिक वर्षमा वार्षिक २०७६÷७७ मा वार्षिक प्रगति ६९ प्रतिशत थियो भने गएको वर्षमा वार्षिक प्रगति १०१ प्रतिशत हुनु राजस्व असुली सकारात्मक दिशातर्फ गइरहेको अनुमान कार्यालय प्रमुख सापकोटाको रहेको छ।