बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले

बैशाखमा गर्ने हल्ला चलाएर सुटुक्क कोर्ट म्यारिज गरिन अभिनेत्री रेखा थापाले

काठमाडौ, नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।

उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो।

चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन्।