पाँचौ ‘ग्लोबल फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा हुने भएको छ । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्यसहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्डु को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको हो ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुनेछ।
यसअघिका चारवटै संस्करणहरु अमेरिकाका विभिन्न राज्यमा भएका थिए । सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको डेनभर सहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्कोमा अवार्ड सम्पन्न भएका थिए ।
विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।
अवार्डको पाँचौ संस्करणलाई ‘एएी एभरेष्ट इन्स्यूरेन्स’ले प्रायोजन गरेको आयोकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डको मुख्य उद्धेश्य रहेको बताए ।
चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ ।