बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना

बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं– बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ।

यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रदेश–१, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

विभागका अनुसार नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।