डडेल्धुरामा देवर-भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरामा देवर-भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरा, डडेल्धुरामा दुई जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका-५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।