दाङ, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तुल्सीपुर बसपार्कबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।
विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।