आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध

आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध

काठमाडौ, आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ को एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुनसक्ने असरहरूबाट बच्न पनि सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

महाशाखाका अनुसार हाल देशको प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।