एसीसी महिला टी-२० च्याम्पियनसिपमा आज हङकङसँग खेल्दै नेपाल

एसीसी महिला टी-२० च्याम्पियनसिपमा आज हङकङसँग खेल्दै नेपाल

काठमाडौ, मलेसियामा जारी एसीसी महिला टि–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ।

चौथो खेलमा किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो। नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट शुरु हुनेछ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो।