कम्युनिष्ट शक्तिबीच एकता हुनसक्छ : महासचिव चन्द

कम्युनिष्ट शक्तिबीच एकता हुनसक्छ : महासचिव चन्द

जुम्ला, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका अन्य कम्युनिष्ट दलसँग एकताको सम्भावना रहेको बताएका छन् ।

सोमबार जुम्लामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुनसक्ने बताएका हुन् ।

‘कम्युनिष्ट एकताको ढोका खुला छ । तर, सच्चा कम्युनिष्टसँग मात्र एकता र सहकार्य हुनसक्छ,’ उनले भने ।

आफ्नो पार्टीमा पनि समस्या आएको स्वीकार गर्दै विप्लवले देशभर कार्यकर्तालाई आश्वस्त पार्न प्रशिक्षण दिन जुम्ला आइपुगेको बताए ।

उनले आगामी असोजमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन हुने जानकारी दिए ।