फितलो कि नजरअन्दाज ! वीरमा स्वास्थ बीमा सेवा

फितलो कि नजरअन्दाज ! वीरमा स्वास्थ बीमा सेवा

सरकारी काम कहिले जाने घाम भन्ने उखान यसै चर्चामा आएको भने हैन । सरकारी कर्मचारीहरुले कार्यालयमा कतिसम्म लापरबाही गर्छन भन्ने बारे यो तस्बिरले प्रस्ट पार्छ ।

कार्यलय समयमा कर्मचारीको अनुपस्थिति
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान ,वीर अस्पताल र स्वास्थ्य बीमा बाेर्डको सहकार्यमा निर्मित स्वास्थ डेस्क क्लिनिक जहाँ कार्यलय समयमा कर्मचारीको अनुपस्थिति रहेको छ

माथिको तस्बिर काठमाडौं महानगरपालिका स्थित चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान ,वीर अस्पताल र स्वास्थ्य बीमा बाेर्डको सहकार्यमा निर्मित स्वास्थ डेस्क क्लिनिक हो ।

वीर अस्पताल अनि स्वास्थ्य बीमा बाेर्डको सहकार्य भन्दा अनौठो लाग्न सक्छ , आखिर के हो स्वास्थ बिमा भनेको ?
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डलेसंचालन गर्दै आएको छ ।

चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान ,वीर अस्पताल र स्वास्थ्य बीमा बाेर्डको सहकार्यमा निर्मित स्वास्थ डेस्क क्लिनिक
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान ,वीर अस्पताल र स्वास्थ्य बीमा बाेर्डको सहकार्यमा निर्मित स्वास्थ डेस्क क्लिनिक

                                                                                दृश्यमा देखाइएका व्यक्ति त्यहाका कर्मचारीहरु हुन । जहाँ हेर्न सक्छौ एकजना पछाडि आफ्नो कागज पत्र खोज्दओ छ्न भित्र पसि अनि दुई जना एउटा टेबलमा बसि काम गरेका छन।जस्को मनमा जागर नै छैन ।खाली आफ्नै धुनमा मोबाइल चलाउने गर्छन् ।स्वास्थ बिमा बारे बुझ्न जादा झर्किएर प्रति उत्तर दिने गर्दा रहिछन् ।अनि सङै अर्को पट्टि एउटा क्याबिन खाली देख्नु भएको होला ।

हो त्यहाँ बस्ने कर्मचारी पनि स्वास्थ बिमा अन्तर्गतनै सामेल हुनु हुन्छ। ( स्वास्थ बिमा अन्तर्गत बृद्ध अवस्था भएका , अपांग भएका नेपाली नागरिकको निम्ति छुट्याइएको भिन्नै कोटा हो र त्याहा पनि लामो लाइन रहेको छ सेवा लिने तर उक्त क्याबिनमा खटाइएका कर्मचारी भनी देखिदैनन ।

पछि खोजि गर्दा थाहा भयो कि उहाँ खाजा खान जानु भएको थियो रे । (खाजा खाने समय 1 बजे ) तर उहाँ करिब करिब ३ बजेको थियो खाजा खान जादा ।

आफ्नो बाबाआमा सरह उमेर पुगेका सेवाग्राही लाइनमा बसेका छन।कसरी मन मान्छ होला ती कर्मचारीहरुको ती बृद्धअबस्थामा रहेका नागरिकहरूलाई नजरअन्दाज गर्न।

दिनहु हजारौं सेवाग्राही आउने उक्त सरकारी वीर अस्पतालमा स्वास्थ्य बीमा बाेर्डको सहकार्यमा निर्मित स्वास्थ डेस्क क्लिनिकमा कयौ चुनौती र कमि कमजोरी छ्न।आखिर कस्ले सामाधान गर्नी यो समस्या ।जहाँ गए पनि किन आखिर सोझा र गरिब जनतानै होमिन्छ्न ,दु:ख पाउँछन्।

आखिर कस्ले सामधान गर्नी उक्त स्वास्थ डेस्क क्लिनिकमा उत्पन्न भएका समस्या ।न कर्मचारीले राम्रो ब्यवहार गर्छन् सेवाग्राहीलाई ,न कार्यलय समयमक कर्मचारी अफिसमा हुन्छ्न।यति ठुलो र प्रख्यात अस्पतालमा कर्मचारी कम भएको , काम ढिलो गर्दिने , मोबाइलमा बोलेर बस्दिने , खाली चिनेको मान्छेलाई मात्रै प्राथमिकता दिने , बुझ्न् जादा झर्किएर बोल्ने जस्ता सेवाग्राहीको गुनासो रहेको छ।

सरकारी कार्यालय कस्तो हुन्छ यो त् एक प्रतिनिधि तस्बिर मात्र हो सरकारी कार्यालयको सास्त्ति र कर्माचारीको लापार्बाहिको घटना आज धेरै छन् ।यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?प्रतिकृया दिनुहोला।