कुहिने र नकुहिने फोहोर मिसाउनेबाट महानगरले पाँच सय जरिवाना लिने, फोहोर नउठाउने

कुहिने र नकुहिने फोहोर मिसाउनेबाट महानगरले पाँच सय जरिवाना लिने, फोहोर नउठाउने

काठमाडौं, काठमाडौं महानगरपालिकाले आउँदो साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन आग्रह गरेको छ । घरमा नै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्तो फोहोर नउठाउनेसमेत महानगरले जनाएको छ ।

महानगरले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि उल्लेख गरेको छ ।

कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ।