काठमाडौ, भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ । आज बिहान २ बजे भक्तपुरको आदर्श नगर सडकखण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार आज बिहान २ बजे बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिएको र करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।
उनीहरूको सनाखत हुन बाँकी छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।