नेदरल्याण्ड्सविरुद्धको वानडे सिरिज इंग्ल्याण्डले गर्‍यो ‘क्लिन स्विप’

नेदरल्याण्ड्सविरुद्धको वानडे सिरिज इंग्ल्याण्डले गर्‍यो ‘क्लिन स्विप’

एजेन्सी, घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । गएराति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको सहज जीत हात पार्दै उसले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।

अघिल्लो दुई खेलमा इंग्ल्याण्डले २३२ रन तथा ६ विकेटको जीत हात पारेको थियो । २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि अविजित रहेका जेसन रोयले १०१ तथा कप्तान जोस बटलरले ८६ रनको योगदान दिए ।

८६ बलको सामना गरेको रोयल १५ चौका तथा बटलरले ६४ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । फिल साल्टले ३० बलमा नौ चौकासहित ४९ रन बनाए ।

नेदरल्याण्ड्सका लागि दुवै विकेट पल भान मिकरेनले हात पारे । त्यसअघि भिआरए मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन बनायो । उसका लागि कप्तान स्कट एडवार्ड्स, बास डि लिडे र म्याक्स ओड्उडले अर्धशतकीय पारी खेले ।

७२ बलको सामना गरेका एडवार्ड्सले दुई चौसहित ६४ रन बनाए । ५६ रनको योगदान दिएका लिडेले ७८ बलमा तीन चौका प्रहार गरे ।ओड्उडले ६९ बलमा ६ चौकासहित ५० र टोम कुपरले ३७ बलमा पाँच चौकासहित ३३ रन जोडे ।

इंग्ल्याण्डका लागि डेविड विलीले चार, ब्रेडन कार्सेले दुई, आदिल राशिद, डिविड पाइने र लियम लिभिङ्गस्टोनले एक/एक विकेट लिए ।