बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

गुटबन्दीको चक्रमा फसेको पार्टी र देश

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
गुटबन्दीको चक्रमा फसेको पार्टी र देश

 व्यक्तिगत पदलोभबाट शुरुभएको “कुर्सिको खेल” ले आज एउटा ठूलो पार्टी अनि पुरै देशलाई नै राजनीतिक भूमरीमा धकेलिदिएको छ I एक दुईटा नेताहरुको माहात्वकंक्षाले  कोरोनाको यस्तो महामारीको स्थितिमा पार्टी र देशलाई नै झन् तहसनहस पार्ने काम भएको छ I नेपालका केही नेताहरु कतिसम्म “अपरिपक्व”, “अदूरदर्शी”, र “अविवेक्शील” रहेछन भन्ने अहिलेको राजनीतिक घटनाले स्पष्ट पारिदिएको छ नेपालमा राजनेता भनेका श्रदेय वी पी कोइराला र केहि हद सम्म मदन भण्डारी मात्र रहेछन भन्ने प्रमाणित भएको छ I राजनेता भनेको महँगो र दूर्लभ गुण रहेछ जुन जो कोही राजनीतिज्ञमा हुन्न I राजनेताको एउटा महत्वपूर्ण विशेषता भनेको “दूरदर्शिता” हो – देशसमाजपार्टीर आफ्नै लागि एउटा राजनेताले “दूरगामी लाभ” को लागि “क्षणिक लाभ” लाई त्याग्न सक्छ I एउटा राजनेताले पार्टीको लागि आफ्नो लाभ, अनि देशको लागि पार्टीको लाभलाई त्याग्न सक्छ I २०३६ सालको जनमत संग्रहमा व्यापक धाँधली हुँदा-हुँदै पनि नेपाली कांग्रेसलाई हानी हुँदा-हुँदै पनि वी पी कोइरालाले किन चुनावको नतिजालाई स्वीकारे?  आज नेपालका पार्टीहरु “गुटबन्दीको चपेटामा” फसेका छन् र त्यो संगै सिंगो देशनै त्यो चपेटामा फसेको छ I

गुटबन्दीको चक्र

नेपालको लगभग सबै ठूला पार्टीहरुमा कुनै न कुनै किसिमको गुटबन्दी छ – मूलत संस्थापन पक्ष र गैर-संस्थापन पक्ष भनेर I नेपालको हालको सबै भन्दा ठूलो पार्टी “नेकपा एमाले” मा “ओली समूह” (संस्थापन) र “माधव नेपाल – झलनाथ खनाल समूह” (गैर-संस्थापन) छन् I त्यस्तै नेपाली कांग्रेसमा “देउवा समूह” (संस्थापन), “पौडेल समूह” (गैर-संस्थापन), र अन्य समूहहरु ( “शेखर कोइराला समूह”, “प्रकाशमान सिंह समूह”, इत्यादि) छन् I त्यस्तै जनता समाजवादी पार्टीमा वैचारिक आधारमा दुईटा धार छ – साम्यवादी विचारधारा समूह (उपेन्द्र यादव –  डा बाबुराम भट्टराई) र लोकतान्त्रिक विचारधारा समूह (राजेन्द्र महतो – महन्थ ठाकूर) I अरु साना पार्टीहरुमा पनि छन् I गुटबन्दीले सीमा नाघ्दा कस्तो सम्म हुँदोरहेछ भन्ने अहिलेको घटनाक्रमले देखाएको छ I यो “नेकपा एमाले” को संकटले अरु पार्टीलाई पनि शिक्षा हुन सक्छ I नेपालमा उही बृद्ध नेताहरु २०-४० वर्षसम्म पार्टीको नेतृत्वमै बस्नु यसको एउटा मूल कारण हो अर्कोत नेपालमा पार्टीभित्रको चुनाव प्रणालीपनि परिमार्जन हुन आवश्यक छ अमेरिकाको जस्तो “प्राइमरी” विधि लगाएर तल देखिने कार्यकर्ताले चुनेर आएको “सच्चा लोकतान्त्रिक” विधि अपनाउनु जरूरी छ I पार्टीका मनोनयन र निर्वाचन सम्बन्धि नीतिहरु परिमार्जन आवश्यक छ जसले गर्दा नयाँ अनुहारले जितेर नेतृत्व गर्न अवसर मिल्नेछ I

नेताहरुको व्यक्तिगत महत्वाकांक्षा

आगो लगेर घर नै जलिसकेपछि मानिसहरुले त्यो “सलाई कोर्ने” मान्छे को थियो त भन्ने कुरा बिर्सनछन I अहिले नेपालमा संबैधानिक संकट छ I राज्याका तीन वटै अंगहरु – कार्यपालिका, व्यस्थापिका, अनि न्यायपालिका – यो संकटमा मुछिएका छन् I सबै ठूला दलहरु यो संकटमा झेलियेका छन् I तर यो सबैको सुरुवात कहाँबाट र कसले सुरु गर्यो त? वास्तबमा यो एक-दुई जना नेताहरुको “पदको लोभ” ले सुरु भएको चलखेलले यत्रो भयङ्कर रुप लिएको छ I एमालेको नवौं महाधिवेसनमा झिनो मतले हारेका माधव नेपाललाई के पी ओलीको नेतृत्व स्वीकार्य थिएन I उनि फेरी पार्टीको नेता बन्ने दाउमा थिए। त्यस्तै प्रचण्डलाई “आफ्नो हैसियत बिर्सेर” प्रधानमन्त्री पदको लोभले पार्टीभित्र चरम गुटबन्दीको खेल सुरु भयो लोकतन्त्रदेशर जनताको तथाकथिक आवरणमा “हामी यहाँ छौं” भन्दै आफ्नो व्यक्तिगत “महत्वाकांक्ष” को लागि सरकार ढाल्न र देशलाई नै राजनीतिक संकटमा धकेल्न लागि परे I अहिले आगो सल्काएर प्रचण्ड चुप छन् I यसलाई देउवाले राम्रै संग बुझेर “प्रधानमन्त्रीमा नउठ्ने” निर्णय गर्दा-गर्दै केहि कांग्रेसी नेताहरुले उठ्न बाध्य बनाए I देउवालाई राम्रैसंग थाहा छ की प्रचण्डको कुनै भर छैन I के प्रचण्ड र माधव नेपाल देउवालाई प्रधानमन्त्रि बनाउन सुरु गरेका थिए यो सबै खेल? कसै गरेपनि नसकेर बाध्यताको पराकाष्ट थियो यो कदम? यसलाई देउवाले राम्रै संग बुझेर “प्रधानमन्त्रीमा नउठ्ने” निर्णय गर्दा-गर्दै केहि कांग्रेसी नेताहरुले उठ्न बाध्य बनाए I देउवालाई राम्रैसंग थाहा छ की प्रचण्डको कुनै भर छैन I प्रचण्डको काँध परालको कुन्यु जतिपनि भर छैन I

राजनीतिक अस्थिरता

नेपालको राजनीतिमा जहिले एउटा अहम प्रश्न उठ्छ ? नेपालमा राजनीतिक स्थिरता कहिले आउछ? कहिले चाँही नेपाली जनताले पूरा कार्यकालको सरकार पाउने? यो राजनीतिक अस्थिरता आउनमा केहि प्रमुख कारण छन् – (१) नेपालमा धेरै ठूला पार्टीहरु हुनु (जति धेरै पार्टीउति धेरै सरकार), (२) नेपालको संसदबाट निर्वाचित प्रधानमन्त्री, (३) नेताहरुको व्यक्तिगत महत्वाकांक्षा I भारतमा यो समस्या किन छैन उस्तै प्रणाली भएपनि I त्यहाँ दुइटामात्र ठूला राष्ट्रिय पार्टी छन् I एउटा त्यो मूल कारण हो I नेपालको संसद्बता चुनिएको प्रधानमन्त्री पार्टीहरुको संसदीय खेलले गर्दा कार्यकाल पूरा गर्न नपाउदै सरकार ढल्न जान्छ I यसको लागि नेपालमा “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री” उपयुक्त हुन सक्छ I अन्तमा उही उनहार्ले पार्टी र देश हाँक्ने अनि कुर्सिको चक्करमा देश र पार्टीलाई फेरी-फेरी संकटमा धकेल्ने काम भैरहेको छ I यसको लागि नेतृत्व परिवर्तन अत्वायाश्यक छ जसको लागि पार्टीको विधान र निर्वाचन प्रणालीमा आधारभूत परिवर्तन आवश्यक छ I

विधिको उल्लङ्घन

आफ्नो पार्टीभित्रको समस्यालाई मिलाएर अघि बढ्नु पर्नेमा प्रधानमन्त्री के पी ओलीले उल्टै समस्यालाई विकराल बन्ने वातावरण बनाइदिए उनि समाधानको नभई समस्याको भागिदार बनिदिए I “प्रेम र राजनीतिमा जे पनि जायज हुन्छ” भन्ने मन्त्र प्रचण्ड र माधव नेपालले अनुसरण गर्दा के पी ओली पनि के कम? उनले “इँटाको जवाफ फलाम” भनेर दिए I तर राजनीतिक प्रतिशोध र निषेधको को यो खेलमा उनि एक ठूलो पार्टीको नेता र जिम्मेवार प्रधानमन्त्री बन्ने मौका थियो तर त्यसलाई उनले नराम्रो संग गुमाए I उल्टै संबिधान र प्रणालीको ख्याल नगरी आफ्नै हठले अघि बढे I हुनत अहिलेको संकट निर्वाचनमै तुन्गीयेला तर बाटो गलत लिए I अझैपनि समय छ उनलाई यो सच्चाउने र देशलाई राजनीतिक निकास दिन र संबैधानिक प्रक्रियालाई अनुसरण गरि विगतका गल्ति सच्चाउन I यति भन्दै गर्दा आम नेपालीलाई सबैभन्दा बढी “राजनीतिक स्थिरता” (५ वर्षे सरकार) अनि “विकास” चाहिएको छ I संबैधानिक प्रणालीको पनि अनुसरण होस् अनि देशमा पनि राजनीतिक स्थिरता संगै विकास आओस I नेपालका नेताहरुमा यतिको विवेक होस् !

विश्वमान आङ्गदेम्बे