बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

पोर्चुगलको फराकिलो जित

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पोर्चुगलको फराकिलो जित

मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे ।

यस्तै क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे ।

Image

खेलको ४२ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ८६ औं मिनेटमा जोआले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।

Image

युरोकप फुटबलको तयारीको लागि पोर्चुगलले इजरायलसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ ।

पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।

पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

news source: khelpati