बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

स्वास्थ्यकर्मी आक्रमण गर्ने ३ जना पक्राउ, सीडीओको संयोजकत्वमा छानबिन समिति गठन

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
स्वास्थ्यकर्मी आक्रमण गर्ने ३ जना पक्राउ, सीडीओको संयोजकत्वमा छानबिन समिति गठन

नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमध्ये प्रहरीले घटनालगत्तै ३ जनालाई पक्राउ गरिसकेको छ।

घटनाबारे अनुसन्धान र दोषीलाई कारबाहीका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको त्यहाँका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

अस्पतालका अनुसार उपचार क्रममा आफ्ना मानिस ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीहरूलगायत ४ -५ जनाको समूहले बिहीबार राति डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए।

‘ती तीन जना अलिहे हाम्रो बाँके जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्,’ शुक्रबार बिहान एसपी रानाले भने, सीडीओ साबको संयोजकत्वको छानबिन समितिले आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछ।’