बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

नि.शुुल्क बितरण गर्नुपर्ने सेनेटरी प्याड वडाअध्यक्षले औषधि पसलमा बिक्री गर्न दिए

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नि.शुुल्क बितरण गर्नुपर्ने सेनेटरी प्याड वडाअध्यक्षले औषधि पसलमा बिक्री गर्न दिए

सरकारले नि.शुुल्क बितरण गर्नुपर्ने भनिएको सेनेटरी प्याड औषधि पसलबाट धमाधम बिक्री भइरहेको पाइएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर–६ घैरुङ स्थित शितल मेडिकलहलबाट नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेखिएको सेनटरी प्याड बिक्रि भएको भेटिएको हो ।

गाउँपालिका स्तरीय अनुगमन समितिले आइतबार औषधी पसलहरुको अनुगमनका क्रममा सरकारद्धारा निशुल्क बितरणका लागि लेखिएको औषधी पसलबाट बरामत गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय शितल मेडिकलहलमा अनुगमनका क्रममा बिक्रि गरेर बाँकी रहेका ६५ थान प्याड बरामद समेत गरिएको छ, उहाँले भन्नुभयो, ‘नेपाल सरकारले निुशल्क बितरणका लागि भनेर लेखिएको सेनिटरी प्याड बिक्रि भइरहेको रहेछ ।’

प्रमुख श्रेष्ठले सरकारी सप्लायर्सले मात्र खरिद गरेर लक्षित ठाउँमा निशुल्क बितरण गनुपर्ने स्वास्थ्य सामग्री मेडिकलहरुबाट बिक्रि गर्नु गलत भएको बताए ।

‘नि.शुल्क प्रदान गर्ने प्याडमा नेपाल सरकारद्वारा नि.शुल्क वितरणका लागि भनेर लेख्नु अनिवार्य हुन्छ, त्यो सामग्री वाहिर विक्री गर्न पाइँदैन, उनले भने , निशुल्क वितरण गर्ने सामग्री विक्रि वितरण गर्ने गराउनेलाई कारवाही हुन्छ ।’ मेडिकल सञ्चालक श्रेष्ठले आफुलाई सेनिटरी प्याड गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अम्गाई उपलब्ध गराएको बताए ।

‘मैले एउटाको ७० रुपैयाको दरले बिक्रीगर्दै आएको छु, सञ्चालक श्रेष्ठले भने , उनले केही समस्या हुँदैन,, बेच्नु समस्या भए मलाई भन्नु भनेकाले मैले बिक्री गरेको हुँ ।’

स्कुलले स्याम्पलको लागी भनेर मगाएपछि आफुले अम्गाईसंग उक्त सामग्री मगाएको र बढी भएको जति बिक्री गरेको दावी उनले गरे । यता वडाध्यक्ष काशीनाथ अम्गाईले भने आफुले बिधालयलाई स्याम्पलका लागि पठाएको सेनेटरी प्याड बिधालयले फिर्ता पठाएपछि मेडिकलमा राख्न लगाएको बताए ।
सञ्चालक श्रेष्ठले मलाई बिक्री गर्न मिल्छ की मिल्दैन भनेर सोध्नु भएको थियोे, उनले भने , तर मैले बेच्नु केही हुदैन भनेर भनेको छैन ।’

आफूले सञ्चालक श्रेष्ठले पसलमा राखेर बिक्री गर्न नमिल्ने तर कोही इमरजेन्सी आए दिनु भनेको स्पस्ट पारे । मलै कसैलाई बिल काटेर बिक्री गरेको होइन, वडाध्यक्ष श्रेष्ठले भने ,‘ कम्पनीबाट मगाएर नमुनाको रुपमा पठाएको सत्य हो ।’

चालू आर्थिक बर्षमा गाउँपालिकाले पालिका भित्रका बिधालयका छात्राहरुलाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कार्यक्रम अन्र्तगत बिधालयले नै खरिद गर्ने गरी रकम पठाएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठको भनाई छ ।

निशुल्क प्रदान गरिने स्वास्थ्य सामग्री वितरण गरेको भेटिएपछि मेडिकलका कागजपत्र नियन्त्रणमा लिइएको र यसको नियम अनुसारको कारवाही हुने उनले बताए ।