वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

भारतमा संक्रमित लाख भन्दा तल झर्दा एकैदिन ६,१३८ को मृत्यु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
भारतमा संक्रमित लाख भन्दा तल झर्दा एकैदिन ६,१३८ को मृत्यु

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा एकैदिन अहिलेसम्मकै धेरै देखिएको छ । बुधबार भारतमा थप ६१३८ जनाको कोरोनाबाट मृत्यु पुष्टि भयो ।

यो भारतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु भएको संख्या अहिलेसम्म धेरै हो । पछिल्लो २४ घण्टामा भारतका नयाँ संक्रमित ९३ हजार ८२८ संक्रमित थपिएका छन् । करिब १ लाख ४९ हजार संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा गत मे ६ मा सबैभन्दा धेरै ४ लाख १४ हजारभन्दा धेरै संक्रमित थपिएका थियो । सो दिन त्यहाँ ३९१५ संक्रमितको मृत्यु भएको थियो ।

संक्रमण पिक अवस्थामा पुगेको भन्दा अहिले संक्रमितको संख्या ४ गुणा कम भएका बेला मृत्यु हुनेको उच्च संख्या कसरी भयो त रु

भारतीय मिडियामा आएका खबर अनुसार बिहारमा केही दिनदेखि मृत्यु भएकाको एकमुष्ट संख्या बुधबारको आँकडामा थपिएकाले धेरै संख्या देखिएको हो ।

बाहिरबाहेक बुधबार देशभर २१८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संख्यामा बिहारको केही दिनदेखि अपडेट नगरिएको ३९५१ मृत्यु थपिएको हो ।

अहिलेसम्म भारतमा कोरोनाबाट मृत्य हुनेको संख्या ३ लाख ५९ हजार भन्दा धेरै पुगेको छ