वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

खतरनाक लागुपदार्थको सूचीबाट गाँजालाई हटाउदै राष्ट्रसंघ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
खतरनाक लागुपदार्थको सूचीबाट गाँजालाई हटाउदै राष्ट्रसंघ

लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार अब गाँजालाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।

सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा नेपालसहित २७ देशले समर्थन जनाएका थिए । भने २५ देशको विपक्षमा मत परेको थियो।

विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन रऔषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न संयुक्त राष्ट्र संघलाई  पत्र लेखेको थियो ।

आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । नेपालमा गाँजा बारे अभियान चलउदै आएका भिम उपाध्याय गाँजा बारे यसो लेख्छन् ।