वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

प्रत्येक पालिकालाई पाँचथर समाजले गर्यो स्वास्थ्य सामग्री बितरण

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रत्येक पालिकालाई पाँचथर समाजले गर्यो स्वास्थ्य सामग्री बितरण

पाँचथर समाज काठमाडौँ नेपालले जिल्लाका सबै पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । समाजले सदरमुकाम फिदिममा सबै पालिकामा पुग्नेगरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय प्रमुखको संयोजकत्वमा रहेको समितिमार्फत सबै पालिकाका प्रतिनिधिहरुलाई समाजले ती सामग्री हस्तान्तरण गरेको हो।

१ नगरपालिका र ७ गाउँपालिकालाई नै १३ लाख २६ हजार पाँच सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समाजका महासचिव लक्ष्मीराज तावाले बताए ।

उनकाअनुसार प्रत्येक पालिकालाई अक्सिजन कन्सन्टेटर मेसिन, एन्टिजेन किट, पल्स अक्सिमिटर, पिपिई लगायतका स्वास्थ्य सामग्री दिइएको छ । समाजले विभिन्न दाताहरुसँग सहयोग रकम संकलन गरी उक्त सामग्री खरिद गरेर जिल्लामा पठाएको हो ।

‘पाँचथरेली बचाऔं’ अभियान अन्तर्गत हालसम्म १८ लाख १७ हजार एक सय पाँच रुपैयाँ सहयोग उठेको पनि महासचिव तावाले जानकारी दिए ।

यो अभियानअन्तर्गत काठमाडौँमा बस्ने पाँचथरेली मजदुर, विपन्न वर्ग, विद्यार्थी, संक्रमित तथा मृतकका परिवार गरी २६ घर परिवारलाई राहत वितरण गरिएको पनि उनले बताए ।

पहिलो चरणमा जिल्ला र जिल्लाबासीमा यो सहयोग गर्न सकेको भन्दै अभियानमा जोडिएर सहयोग गर्नेहरुलाई महासचिव तावाले धन्यवाद ज्ञापन गरेका छन् ।

महामारी रोकथाममा समाजले निरन्तर सहयोगी भूमिका खेल्ने बताउँदै उनले अभियानमा जोडिन सम्पूर्ण पाँचथरबासी तथा  शुभचिन्तकहरुलाई अपिल पनि गरेका छन् ।