वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

वीर अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजे – डा.कोइराला

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
वीर अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजे – डा.कोइराला

नेपाली कांँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको आरोप लगाएका छन् ।

उनले सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको वीर अस्पतालमा कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको विर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको छ, वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरी अध्यादेश ल्याइनु सर्वसत्तावादी सोच हो ।’