सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

पूर्वप्रम खनालको अवस्था गम्भीर, दिल्लीको एपोलो अस्पताल लग्ने तयारी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पूर्वप्रम खनालको अवस्था गम्भीर, दिल्लीको एपोलो अस्पताल लग्ने तयारी

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि थप उपचारका लागि आज बुधबार भारतको राजधानी नयाँ दिल्ली लग्ने तयारी भएको छ ।

नेकपा एमाले युवा नेता निरज आचार्यकाअनुसार थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लग्ने तयारी भएको हो । हेमोग्लोविनको कमी, श्वास प्रश्वासमा समस्या भएपछि जेठ ३१ गते सोमबार उहाँलाई थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार थप उपचारका लागि भारतको दिल्ली लग्ने तयारी भएको नेता अचार्यले बताए ।

खनाललाई आज १२ बजेतिर जहाजमार्फत दिल्ली लगिने उनले जानकारी दिए । नेता आचार्यकाअनुसार खनालसँग एकजना चिकित्सक, श्रीमती र छोरा दिल्ली जाने तयारी भएकोछ ।

श्वास प्रश्वासमा समस्या भएपछि अक्सिनको सहयोगमा उपचार भइरहेको छ । यसअघि पनि नेता खनाल उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।