सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

सञ्चारकर्मी वीरेन्द्र गिरीले गरे आमाको जीवन बचाउन अपिल

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सञ्चारकर्मी वीरेन्द्र गिरीले गरे आमाको जीवन बचाउन अपिल

सञ्चारकर्मी वीरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जीवन रक्षाका लागि सवैसँग अपील गरेका छन् ।

दाङ देउखुरीको राप्ति गाउँपालिका २ लालमटियामा अवस्थित रेडियो राप्ती तथा राप्ति टेलिभिजन र देउखुरी टूडेमा कार्यरत सञ्चारकर्मी गिरीकी अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सवै सँग आग्रह गरेका हुन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलहा निवासी सञ्चारकर्मी गिरीकी आमा बिमला गिरीको पाठेघर सम्बन्धी समस्या रहेको छ । लामो समयदेखि पाठेघरबाट रगत बगिरहेकोले गिरीको अहिले जिल्ला अस्पताल तौलहवामा उपचार भइरहेको छ ।

डाक्टरका अनुसार पाठेघरको अप्रेसन गर्नुपर्ने र तत्काल अप्रेसन नगरे क्यान्सर भई ज्यान जोखिममा पर्न सक्ने भएकाले समयमै अप्रेसन गर्नका लागि आफूसँग अप्रेसनका लागि चाहिने रकम सहयोग गरिदिन सञ्चार माध्यम, पत्रकार महासंघ, संघ संस्था, उद्योगी व्यापारी, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी मनकारी व्यक्तिहरुमा सञ्चारकर्मी गिरीले आग्रह गरेका छन् ।

सञ्चारकर्मी गिरीकी आमालाई सहयोग गर्न चाहनेले विरेन्द्र गिरीको नाममा रहेको कामना सेवा विकाश बैंङ लि.को खाता नम्बर०३३१३५००२४६४०३०००००१मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११९७६४३३, ९८६४४१७२९८ वा रेडियो राप्ती तथा राप्ती टेलिभिजनको फोन नम्बर ०८२-५८०२९३ मा फोन गरी सहयोग रकम पठाउन सकिने गिरिले जनाएका छन् ।

सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनी दृष्टिविहीन हुन् । भाइ सानो र बुबाले केही गर्न नसक्ने अवस्था छ ।

यस्तो बेला सञ्चारकर्मी गिरीको काधमा धेरै जिम्मेवारी थपिएको छ । उनी दृष्टिविहीन भएकाले केहि गर्न सकिरहेका छैन् । आफ्नो पढाई खर्च जुटाउन उनी विभिन्न सन्चार माध्यममा काम गरिरहेका छन् ।