सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

ओलम्पिकमा कुन-कुन दिनमा प्रतिस्पर्धा गर्दैछन् खेलाडी ?

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ओलम्पिकमा कुन-कुन दिनमा प्रतिस्पर्धा गर्दैछन् खेलाडी ?

विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो ओलम्पिक । ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक जापानको टोकियो सहरमा सुरु हुँदैछ । यो ओलम्पिकमा ३३ खेलका ३३९ विधा समावेश गरिएको छ । प्रतियोगितामा सहभागी हुन विभिन्न देशबाट खेलाडी टोकियो पुग्ने क्रम जारी छ ।

ओलम्पिकको उद्घाटन जुलाई ३ मा हुने भए पनि फुटबल र सफ्टबलका प्रतिस्पर्धा भने जुलाई २१ बाटै सुरु हुनेछ ।

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पौडीबाज गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउँदै छन् ।

यसका लागि ४ खेलाडी टोकियो पुगिसकेको भएपनि एथ्लेटिक्स टोली भने जुलाई २४ मा त्यसतर्फ प्रस्थान गर्नेछ ।

कहिले कहिले प्रतिस्पर्धा गर्दै छन् नेपाली खेलाडी ?

जुलाई २४

जुलाई २४ मा सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल तथा सोनियाले महिला ४८ केजी मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन् ।

दुवैले वाइल्ड कार्ड मार्फत् ओलम्पिकमा सहभागी हुने अवसर पाएका हुन् ।

जुलाई २७

जुलाई २७ मा पौडीबाज एलेक्स शाहले पुरुष १०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । यो दिन हिट ९पहिलो चरण० मा प्रतिस्पर्धा हुनेछ । हिटमा शीर्ष स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छ ।

यो विधाको सेमिफाइनल जुलाई २८ र फाइनल जुलाई २९मा हुने छ । एलेक्सले युनिभर्सियालिटी प्लेस मार्फत ओलम्पिकमा स्थान बनाएका हुन् ।

जुलाई २८

जुलाई २८ मा पौडिबाज गौरिका सिंहले महिला १०० मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । यो दिन हिट ९पहिलो चरण० मा प्रतिस्पर्धा हुनेछ । हिटमा शीर्ष स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छ ।

यो विधाको सेमिफाइनल जुलाई २९ र फाइनल जुलाई ३० मा हुने छ । गौरिकाले युनिभर्सियालिटी प्लेस मार्फत ओलम्पिकमा सहभागी हुने अवसर पाएकी हुन् ।

जुलाई ३०

जुलाई २७ मा एथ्लेटिक्सकी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । यो दिन हिट ९पहिलो चरण० मा प्रतिस्पर्धा हुनेछ । यो विधाको सेमिफाइनल र फाइनल जुलाई ३१ मा हुने छ ।

सरस्वतीले युनिभर्सियालिटी प्लेस मार्फत अन्तिम समयमा आएर म्याराथनका गोपीचन्द्र पार्कीको स्थानमा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।