बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

नेकपा माओवादी केन्द्रले दियो सबै प्रदेशलाई स्वास्थ्य सामग्री

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नेकपा माओवादी केन्द्रले दियो  सबै प्रदेशलाई स्वास्थ्य सामग्री

काठमाडौ(जस)-नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशका लागि प्रबास कमिटिलगायत अन्य सँस्थाबाट संकलित स्वास्थ्य सामग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभागबाट प्राप्त भएको हो । सामग्रीहरुमा एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लोब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क लगाएत रहेको छ ।
हस्तान्तरण कार्यक्रममा पार्टीका अन्य बरिस्ठ नेताहरु र प्रबास कमिटिबाट मध्यपुर्व अध्यक्ष शनिकुमार ओली,एशिया प्याशिफिकबाट अध्यक्ष हर्क थापा र सचिब रमेस तिवारी,ओसेनियाबाट अध्यक्ष शेषमनि शर्मा लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रबास समन्वय समितिका अध्यक्ष एवं पार्टीका केन्द्रिय सदस्य युबराज चम्लागाईले बिभिन्न देश बाट संकलित साठी लाख बराबरको स्वास्थ्य सामाग्री अध्यक्ष प्रचन्डलाई हस्तान्तरण गर्दै सबै जनप्रगतिशिल मंचलाई धन्यवाद व्यक्त गरे ।