वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

अस्पतालमा बेड छैन, प्रदेश-२ सरकारद्वारा ९ वटा बारुणयन्त्र खरिद

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
अस्पतालमा बेड छैन, प्रदेश-२ सरकारद्वारा ९ वटा बारुणयन्त्र खरिद

प्रदेश -२ सरकारले ९ वटा बारुणयन्त्र खरिद गरेको छ। कोरोना कहरमा बारुणयत्र खरिद गरिएको भन्दै नागरिकले भने आलोचना गरेका छन्।

प्रदेश-२ पर्याप्त अस्पताल छैनन्। भएका अस्पतालमासमेत बेड, आइसियु, भेन्टिलेटर अभाव हुँदा कोरोना संक्रमितले उचित उपचार पाइरहेका छैनन्। संक्रमितले ज्यान गुमाइरहेको बेला प्रदेश सरकारले बारुणयन्त्र खरिद गरेपछि नागरिकले आलोचना गरेका हुन्।

प्रदेश-२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ वटा बारुण यन्त्र खरिद गरेको हो। खरिद गरिएका बारुणयन्त्रमध्ये आठवटा जिल्ला प्रशासन कार्यालय र एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

भक्तपुरस्थित नेश्नल फ्यारेन सिफ, प्रा।लि।बाट ती बारुणयन्त्र खरिद गरिएका हुन्। ५३ लाख रुपैयाँका दरले ९ वटा बारुणयत्र खरिद गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले नेपालखबरलाई जानकारी दिए।

९ वटै बारुणयन्त्र बिहीबार जनकपुर आइपुगेका छन्। बारुणयन्त्रलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गराएर जिल्ला प्रशासन कार्यालयहरुलाई वितरण गरिने मन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवले चालु वर्षको प्रदेश सरकारको बजेटमै बारुणयन्त्र खरिदको लागि रकम विनियोजन गरिएको बताए। ‘बारुणयन्त्र खरिदका लागि ७ महिना अघि नै टेन्डर भएको थियो ।

खरिद गर्न कानुनी प्रक्रियामै केहि महिना लाग्यो,’ मन्त्री यादवले भने, ‘टेन्डर लागिसकेपछि मेसिन बनाउन चारमहिना लाग्दा बारुणयन्त्र आउनमा ढिलाई भएको हो।’190669957 463778218052281 3671552001901849046 n

उनले सम्भावित आगलागीका घटनाहरुलाई तत्काल नियन्त्रण गर्न र क्षति कम गर्ने उद्देश्यले आठवटै जिल्ला प्रशासन र प्रदेश प्रहरीलाई बारुणयन्त्र उपलब्ध गराउन खरिद गरिएको बताए।

यसअघि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले खरिद गरेको ५ वटा बस ८ महिना बितिसक्दासमेत संचालनमा आउन सकेका छैनन्।

प्रदेशको राजधानीदेखि जिल्ला सदरमुकामसम्म संचालन गर्न गएको कार्तिक २७ गते धनतेरशको अवसरमा प्रदेश सरकारले ५ वटा बस खरिद गरेको थियो । पाँचवटै बस अहिले ढल्केबरको एक ग्यारेजमा थन्काएर राखिएको छ।