वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने, कांँग्रेसको यस्तो निर्णय

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने, कांँग्रेसको यस्तो निर्णय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत माग्दा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

भर्खरै सकिएको संसदीय दलको बैठकले गरेको यो निर्णयमा ओली पक्षका ७ सांसदले भने हस्ताक्षर गरेका छैनन् । प्रदेशसभामा एमालेको सभामुख बाहेक २४ सांसद छन् ।

नेपाली कांँग्रेसले पनि मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गरेको छ । कांँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीको पदमै रहने गरी समर्थन गर्ने निर्णय गरेको

कांँग्रेसका प्रदेशसभा सांसद टेकबहादुर रैचाले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत माग्दा कांँग्रेसबाहेक नै बहुमत पुग्ने अवस्था भएमा तटस्थ बस्ने र बहुमत नपुग्ने भयो भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको रैचाले बताए ।

प्रदेशसभा बैठक ९ बजेका लागि डाकिएको भएपनि अझै सुरु हुन सकेको छैन