बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

त्रिशुलीमा माछा मार्न गएका युवा ४ दिनदेखि बेपत्ता, किनारमा लुगा र चप्पल

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
त्रिशुलीमा माछा मार्न गएका युवा ४ दिनदेखि बेपत्ता, किनारमा लुगा र चप्पल

४ दिनअघि त्रिशूली नदीमा माछा मार्न गएका तनहुँका एक युवा वेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्व बेसी निवासी २३ वर्षीय चिरन गुरुङ ४ दिनसम्म पनि सम्पर्कविहीन छन् ।

गुरुङको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय आबुखैरेनीले दिएको जानकारी अनुसार जेठ २३ गते राति ८ बजे उनी त्रिशुलीमा माछा मार्न भनी हिँडेका थिए ।

उनी राति अबेरसम्म पनि घर नफर्किएपछि भोलिपल्टै देखि आफन्तले खोजी सुरु गरेका थिए । प्रहरीसमेत लागेर खोजी गर्दा पनि बिहीबारसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

खोजी गर्ने क्रममा त्रिशुली नदीको किनारमा उनले लगाएर गएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेटिएको थापाले बताए । नदी किनारमा उनले प्रयोग गरेका सामग्री भेटिएपछि उनलाई नदीले बगाएको आशंका गरिएको छ ।

उनका सामाग्री भेटिएको ठाउँबाट तलसम्म नदी आसपासमा खोजी गर्दा पनि केही पत्ता नलागेको प्रहरीको भनाइ छ ।