वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम आज बिहीबार ल्याउने भएको छ ।

प्रदेशको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संवोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले आज बिहीबार दिउँसो ३ः३० बजे प्रदेशसभाको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख प्रसाईले प्रस्तुत गर्ने गरी बैठकको कार्यतालिका तय भएको जानकारी दिए ,

प्रदेश प्रमुख प्रसाईले प्रदेशसभामा संवोधन गर्नुभएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको बैठकमा टेबुल गर्ने छन् ।

साथै आजैको बैठकमा प्रमुख प्रसाईलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम संवोधन गर्नुभएकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरिने छ ।

बैठकमा प्रदेश मामिला समिति र प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापतिद्वारा समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका बनेको छ ।

प्रदेशसभाका प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुको कुनै संशोधन भएमा १२ घण्टाको समय निर्धारण गरिएको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने भएको छ । शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री पौडेलले जवाफ दिने र नीति तथा कार्यक्रम निर्णयार्थ प्रदेश सभामा प्रस्तुत गरिने छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ केन्द्रित र जनमुखी हुनुपर्ने विपक्षी दलहरुले माग गर्दै आएका छन् ।

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न भन्दै मुख्यमन्त्री पौडेललाई सुझावप्रत्र दिएको थियो ।

प्रदेश सभाको बैठकमा प्रवेश पूर्व प्रदेश सभाका सदस्यहरु, कर्मचारीलगायतका एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ ।