बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

गण्डकी प्रदेशका सभामुखले राजीनामा दिने, कांँग्रेसका कृष्णचन्द्र मुख्यमन्त्री बन्ने

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
गण्डकी प्रदेशका सभामुखले राजीनामा दिने, कांँग्रेसका कृष्णचन्द्र मुख्यमन्त्री बन्ने

गण्डकी प्रदेश सभाको बैठक केही बेरमा सुरु हुँदैछ । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गरेपछि ३० मिनेटका लागि स्थगित भएको थियो ।

तर, उनको दल नेकपा एमालेसँग मात्र उनलाई पुग्ने विश्वासको मत छैन । गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांँसद रहेका छन् ।

एमालेका यी सांँसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् । तर, गण्डकीमा माधव नेपाल पक्षका एक जना मात्र सांँसद रहेका छन् । उनले यसअघि नै आफूले गुरुङलाई नै साथ दिने बताइसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ ।

विपक्षी गठबन्धनले आफ्नो नेतृत्वको सरकार बनाउन र बहुमत पुर्याउन आवश्यक एक मतका लागि सभामुख नेत्रनाथ अधिकारीले सभामुख पदबाट राजीनामा दिनसक्ने समेत सम्भावना रहेको कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

सभामुख अधिकारीले राजीनामा दिएको खण्डमा कांँग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्नेछन् ।