वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

बादल पत्नी नैनकलादेखि रातो पासपोर्ट काण्डका रानासम्म बने मन्त्री

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बादल पत्नी नैनकलादेखि रातो पासपोर्ट काण्डका रानासम्म बने मन्त्री

प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मंसिरमा मध्यावधि निर्वाचनको घोषणा गरेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारीमा भन्दा मन्त्रिपरिषद्का सदस्यलाई हटाउने र नयाँ ल्याउनमै व्यस्त भएका छन्।

जेठ २१ गते मन्त्रीपरिषदका ४ जना सदस्यलाई मात्रै निरन्तरता दिएर १२ जना नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा ल्याएका प्रधानमन्त्री ओलीले त्यसको एक साता नबित्दै बिहीबार फेरि सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधान बमोजिम मन्त्रिपरिषद्मा २५ सदस्यलाई समाबेस गरी ओलीले आजबाट पूर्णता दिएका छन्। उनले सत्तारुढ एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट एक जनालाई मन्त्री बनाइएका छन्।

मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री छन्। २५ सदस्यीय मन्त्रीपरिषद्मा बिहीबार समाबेस गरिएका निवर्तमान सांसद नारदमुनी राना रातो पासपोर्ट काण्डमा मुछिएका बिबादस्पद निवर्तमान सांसद हुन्।

मन्त्रिपरिषदमा रहेकी नैनकला थापा र ज्वालाकुमारी साह नेपका माओबादी केन्द्र छाडेर एमालेका आएका गैरसांसद हुन्। थापा निवर्तनमान गृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी हुन्।

आज मन्त्री भएकाको पृष्ठभूमि कस्तो ?

गृहमन्त्री खगराज अधिकारी – महानगरको वडा कमिटीमा बस्न चाहने

गृहमन्त्री नियुक्त खगराज अधिकारी ०७४ मा कास्कीबाट निर्वाचित सांसद हुन्। अधिकारी शुरुमा एमाले संसदीय दलको सचेतक र प्रमुख सचेतक भएका थिए। तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछिको नेकपाको उनी संसदीय दलको सचेतकमा झरेका थिए।
प्रधानमन्त्री ओलीको पक्षमा गुणगान गाउने क्रममा उनी प्रतिनिसभा बैठकमा विपक्षीसँग प्रतिबाद गर्न महेश बस्नेतकै शैलीमा प्रस्तुत हुन्थे।

सरकार, संसद र पार्टीमा समेत जिम्मेवारी नदिएपछि भनेर असन्तुष्टि जनाउँदै उनले सदनमा आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए।

ओलीको खास भक्त भएर पनि अवसर नपाएकोमा चिढिएका अधिकारी बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा गृहमन्त्री पद नै पड्काउन सफल भए। रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु सरकारमा जाने बाटो नै बन्द भएको थियो।

अधिकारीलाई मन्त्रिपरिषद्को बरियतामा मन्त्रीहरुमा सबैभन्दा माथि र मन्त्रिपरिषद्को सदस्यमा बरियतामा पाचौं नम्वरमा राखिएको छ।

सञ्चारमन्त्री नैनकला थापा -पति राबहादुर थापा बादलको बिरासत

गृहमन्त्री हुँदै माओबादी छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलले सर्वोच्च अदालतको आदेशपछि पदमुक्त हुनु परेको थियो। तर, थापाकी श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाएर प्रधानमन्त्री ओलीले बादललाई थुमथुम्याएका छन्।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। तर पूर्व माओवादी कोटाबाट मन्त्री बनाउँदा अरु कोही नभेटेपछि प्रधानमन्त्री ओलीले उनै थापाकी श्रीमती नैनकला थापालाई सञ्चारमन्त्री बनाई दिनका हुन्।

पुस ५ गतेको ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूलाई साथ दिएका पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि बादलसहितका नेतालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गुमेको थियो। बैशाख २७ गते संसदको विश्वास गुमाए पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओलीले ३१ वैशाखमा प्रधानमन्त्री नियुक्त भएका थिए।

अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए पछि सर्वोच्च अदालतले जेठ ६ गते संविधानको धारा ७८ अनुसार सांसद नभए पनि पटक पटक मन्त्री भएका बादलसहित ७ मन्त्रीलाई पदपुक्त गरिएको थियो।

यो मन्त्रिपरिषद्मा २०७४ सालपछि संघीय संसदको सदस्य नरहे पनि मन्त्री हुन पाउन नैनकला माग्यमानी मन्त्री हुन्। मन्त्रिपरिषद्को बरियतामा उनलाई १४ औं नम्वरमा राखिएको छ।

बनमन्त्री नारादमुनी राना – रातो पासपोर्ट काण्डको आरोपी

कैलाली क्षेत्र नं ५ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरुजु राणा देउवालाई ०७४ को संसदीय निर्वाचनमा पराजित गरेका प्रतिनिधिसभाका निवर्तमान सांसदनादरमुनी रानालाई वन तथा वातावरण मन्त्री बनाइएको छ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य बनेका रानाले २०६७ सालमा संविधानसभा सदस्यको हैसियतले प्राप्त गरेको रातो पासपोर्ट २० लाख रुपैयाँमा बेचेको भन्दै प्रहरीले गिरफ्ता गरेको थियो।

रानालाई प्रहरीको सिवीआईले अनुसन्धानपछि अख्तियारमा प्रतिवेदन बुझाएपछि अख्तियारले विशेष अदालतमा रानालाई ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको थियो। पासपोर्ट काण्डका बिबादित नेता रानालाई मन्त्रिपरिषद्को २० औं बरियताक्रममा राखिएको छ।

संघीय मामला मन्त्री पहाडी – नेपाल खनाल छोड्दाको उपहार

सिन्धुली क्षेत्र नं १ मा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित निवर्तमान सांसद गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन्।

माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका योगेश भट्टराईनिकट मानिएका पहाडीले प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट हाल्दा हस्ताक्षर नगरेपछि उनलाई प्रधानमन्त्री ओलीले मन्त्री उपहार दिएका हुन्।

पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन गएको पहाडीले दाबी गरेका छन्। उनलाई प्रधानमन्त्री ओलीले आफूतिर तान्नकै लागि मन्त्रिपरिषद्को २१ औं बरियतामा राखेर मन्त्रालयको जिम्मेवारी दिएका छन्।

बिना बिभागीय मन्त्री मोहन बानियाँ – कर्णालीको प्रतिनिधित्व

कर्णाली प्रदेशको विकट जिल्ला मुगुबाट प्रतिनिधिसभामाम बिजयी मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ। उनलाई मन्त्रिपरिषद्का सदस्य मन्त्रीहरुमा सबैभन्दा पुच्छरमा अर्थात २२ औं बरियतामा राखिएको छ।

कृषिमन्त्री ज्वालाकुमारी साह – प्रदेश सांसद गुम्दा संघीय मन्त्रीमा बढुवा

पूर्वमाओवादी केन्द्रको तर्फबाट गत २०७४ को प्रदेश सभा सदस्यको निर्वाचनमा बारा जिल्ला क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित ज्वालाकुमारी साह पूर्वशहरी बिकासमन्त्री प्रभु साहसँगै एमाले प्रवेश गरेपछि उनको प्रदेश सभा सदस्य पद चैट भएको थियो।

प्रदेश सांसद पद गुमाएर निरास भएकी साहलाई प्रधानमन्त्री ओली प्रदेश सभा सदस्य गुमाएको क्षतिपूर्ती संघीय सरकारको मन्त्रीमा बढुवा गरेर तिर्नु भएको छ। साह कृषि तथा सहकारी मन्त्री बनेकी छन्।

उद्योगमन्त्री राजकिशोर यादव – महतोको बक्रदृष्टिले मन्त्री हुन ढिलाइ

जनता समाजबादी पार्टीको शीर्ष नेतामा गनिने राजकिशोर यादव उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका छन्। उनी समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुनुअघि राजपा अध्यक्ष मण्डलमा थिए।

जसपा भित्र महन्थ ठाकुर र राजेन्द्र महतोको गुटमा रहेका राजकिशोर यादवलाई ओली नेतृत्वको सरकारमा सहभागी गराइने एक हप्ता अघिकै तयारी थियो।

तर, जसपाको ठाकुर समूहका प्रभावशाली नेता राजेन्द्र महतोले यादवलाई काउन्टर दिन आफू निकटका लक्ष्मणलाल कर्णलाई मन्त्री बनाउने अडान लिए पनि उनी मन्त्री हुन सकेका थिएनन्।

महतोले मधेश केन्द्रीत दल जसपा र त्यसमा पनि ठाकुर समूह भित्र यादव समुदायको गुटबन्दी गरेको र पार्टीलाई धोका दिएर उपेन्द्र यादवसँग निकट हुन खोजेको भन्दै मन्त्री बन्न बाट रोकेका थिए ।

ठाकुर निकटका पुर्वराजपाको अध्यक्ष मण्डलका सबै जना यो मन्त्रिपरिषद्मा मन्त्री हुने अवसरमा पाएका छन् भने उपेन्द्र यादव समूहबाट तीन जनाले मन्त्री हुने अवसर पाएका छन्। ठाकूर समूहका महिन्द्र राय यादव भने ठाकुर समूहलाई परित्याग गरी जसपा अध्यक्ष उपेन्द्र यादव समूहसँग निकट भएका छन्।

एमाले पृष्ठभूमिकी निवर्तमान सांसद आशाकुमारी विक ओली नेतृत्वको सरकारमा सबैभन्दा कनिष्ठ सदस्यवको रुप्मा राज्य मन्त्री भएकी छन्। उनी २५ औं बरियतामा बन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। यसअघि जसपाकी रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री भएका थिए।