बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि निष्कासित एमाले सांँसदको पद सर्वोच्चले फर्काइदियो

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि निष्कासित एमाले सांँसदको पद सर्वोच्चले फर्काइदियो

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमाले चारजना सांँसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

नेकपा एमालेको माधव नेपाल पक्षका सांँसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांँसदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।

एमालेले सांँसद पदबाट निकालिदिएपछि शाही क्याबिनेटमा मन्त्री भइसकेका तीनजना र प्रकाश ज्वालाले कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरूलाई कर्णाली प्रदेशसभाको सदस्य एवम् नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका सदस्य पदको हैसियतमा काम गर्न दिन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश दिएको हो।

माधव नेपाल पक्षधर यी ४ सांँसदले नेकपा एमालेको ह्वीप अवज्ञा गर्दै कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी बचाइदिएका थिए । उनीहरुमध्ये थापा, बुढा र शाही अहिले कर्णाली सरकारका मन्त्री छन्।