सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

बाजुरामा खोलाले बगाउँदा दुई जना बेपत्ता

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बाजुरामा खोलाले बगाउँदा दुई जना बेपत्ता

बाजुरामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । आइतबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाको बुढीनन्दा नगरपालिका-३ मा एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा सोही नगरपालिका–३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

सोमबार बिहान धानको बेर्ना गोढ्न जानेक्रमा चिप्लिएर बड्डी गाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन् । बेपत्ता महिलाको खोजी भइरहको प्रहरी निरीक्षक जानकारी दिए ।

त्यसै गरी त्रिवेणी नगरपालिका-५ कम्नी खोलामा १२ वर्षीया बालक बेपत्ता भएका छन् । गाउँ नजिकैको भल खोला उर्लेर आएपछि हेर्न जाने क्रममा कमल बुढा बेपत्ता भएको त्रिवेणी नगरपालिका प्रवक्ता प्रेम थापाले जानकारी दिए ।

लगातारको वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने मुख्य राजमार्ग साफे मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्वारी, तिपाडा लगायत दर्जनौं ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

त्यस्तै बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्र जोड्ने कार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ । लगातारको पानीले बाउली, अनाई, दानसागु लगायतका खोलाहरुमा पानीको बहाव बढेको र सडक डबल कटिङ भइरहेकाले सडक ठाउँ ठाउँमा भासिएकाले सडक अवरुद्ध भएको छ ।