सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।

एमालेको संसदीय दलको आज (मंगलबार) बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले माधव नेपाल समूहका चार सांसदको पुनर्बहाली पछि बैठकमा माधव नेपाल समूहका सांसद प्रकाश ज्वालासमेत सहभागी थिए । प्रदेशसभाको बैठक केही बेरमा बस्दै छ । बैठकले बजेट नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ ।

संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । ‘बैठकमा उपस्थित सबै सांसद एक हुनुहुन्छ,’ उनले भने, ‘संसदीय दलले गरेको निर्णय सबैले मान्नुहुन्छ ।