बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

गाँजा मार्फत नेपालीको जिवनस्तर उकास्न सकिन्छ : अभियन्ता भिम उपाध्याय 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
गाँजा मार्फत नेपालीको जिवनस्तर उकास्न सकिन्छ : अभियन्ता भिम उपाध्याय 

सामाजिक सञ्जाल  फेसबुकमा  झन्डै २ लाख फ्लोवर बिच लोकप्रिय बनेका गाँजा अभियन्ता भिम उपाध्याय, अन्य सामाजिक सन्जालमा पनि निकै सक्रिय हुनुहुन्छ । नेपाल सरकारका पुर्व सचिव समेत रहेका उपाध्याय  गाँजालाई बैधानिकता दिन अभियान चलाउदै आउनु भएको छ ।  गाँजा मार्फत नेपालीको जिवनस्तर उकास्न सकिने भन्दै यसलाई बैधानिकता दिई लाखौँ युवाहरुलाई स्वरोजगार बनाउन सकिने र बढ्दो वेरोजगारी कम गर्न सकिने उपाध्यायको दावी छ। गाँजालाई बैधानिकता दिन दवाव दिदै २४ घण्टामा देशभरमा सामाजिक सन्जालमार्फत गाँजा सचेतना अभियान नामले सामाजिक संजाल फेसबुक मार्फ़त देशभर नेटवर्क निर्माण गरेका छन।

उपाध्यायले शुरु गरेको अभियानमा देशभरबाट युवाहरुले स्वतस्फुर्त साथ दिएका छन् । उपाध्याय युवाहरुमाझ लोकप्रिय छन् । उपाध्याय पछिल्लो सामाजिक कार्यमा निकै लागिपरेका छन। गाँजा मार्फत नेपालीको जिवनस्तर उकास्न सकिने भन्दै यसलाई बैधानिकता दिई लाखौँ युवाहरुलाई स्वरोजगार बनाउन सकिने र बढ्दो वेरोजगारी कम गर्न सकिने उपाध्यायको दावी छ । उपाध्यायले शुरु गरेको अभियानमा देशभरबाट युवाहरुले स्वतस्फुर्त साथ दिएका छन् । ७७ जिल्ला ७ प्रदेशमा नेटवर्क निर्माण सँगै हरेक पालिकामा समेत नेटवर्क निर्माण होने क्रम तीब्र भैराखेको छ।

हेर्दा हेर्दै एक राम्रो फड्को हानेको जस्तो छ पूर्वसचिव भीम उपाध्यायको गाँजा अभियानले । बधाइ र शुभकामना उहाँ र उहाँसँग जोडिएका अभियन्ताहरूलाई । मुलुकभरि बनेको भनिएको नेटवर्क समूहहरूले केही अर्थपूर्ण गरून् । सरकारलाई गाँजा खेती, खपत, उपयोग, निर्यात, आयातबारे नीति कानून आदि बनाउन दबाव र सहयोग गरून् । गाँजाको खेतीबारेमा कृषकहरूलाई तयार र उत्साहित पारियोस् । यसबारे राम्रो प्रविधि, खेतीको तरीका, प्रशोधन, भण्डारण व्यवस्थाको तरीका, आदिबारे गृहकार्य गरून् ।

अन्तरराष्ट्रिय सञ्जालमा आबद्धता एवं व्यापारबारेमा तयारी गरियोस् । यसबारेमा कार्यविधि, प्रक्रिया, पूर्वसचेतता आदि कार्यपत्रहरू बनून् ।
विगतमा हाम्रोमा गाँज उपयोग गरिएका विषय, क्षेत्र, आदि पत्ता लगाउनुका साथै रोग, उपचार, जनावरादिमा उपयोग, औद्योगिक क्षेत्रमा प्रयोग आदिबारे विशद शोध र तयारीका गोष्ठहरू चलून् ।

उद्योग, आयुर्वेद, संस्कृति, मनोरञ्जन, मानव र पशु उपचार, आदि परम्परागत क्षेत्र र हालसम्मका नयाँ शोध,विकाशसमेत समेटी कार्यपत्र बनून्, छलफल, गोष्ठी चलून्, यसको दुरुपयोग र सचेतता वर्तनुपर्ने विषय पनि पैल्याइयोस् ।
गाँजाको विविध उपयोग बारेमा भएका आजसम्मका साहित्यहरू सञ्जाल पुस्तकालय या इन्टरनेट संग्रहमा राखी अध्ययन गर्ने, परिमार्जन गर्ने, आफ्नो अनुकुल भए नभएको हेर्ने गरियोस्।

 

news source : Kaskipana