सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

१९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
१९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

१९ करोड रुपैयाँको चेकसहित एक जना मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती रहेका छन् ।

उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले चावहिलबाट पक्राउ गरेको हो ।

भक्तपुर सानोठिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने ६० वर्षीय हेमरा गुभाजुले उप्रेतीबाट व्यक्तिगत कामका लागि चर्को मिटर ब्याजमा पैसा लिएका थिए ।

उप्रेतीले पटक-पटक गरी कार्कीबाट ४ करोड १६ लाख र गुभाजुबाट ४ करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।

उप्रेतीले उनीहरूलाई रकम नदिएको खण्डमा डर त्रास देखाई धम्की दिई बाहिर हिँडडुलसमेत गर्न रोक लगाएका थिए । उनले आपराधिक गिरोहको प्रयोग गरेर मार्ने धम्की दिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा खटिएको टोलीले चावहिल, मित्रपार्कस्थित द्रिशान्त अटोमोबाइल्सबाट नियन्त्रणमा लिइएको सिआइबी प्रवक्ता एसपी श्याम कुमार महतोले जानकारी दिए ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरिएको एसपी महतोले बताए ।

उप्रेतीले अन्य व्यक्तिलाई पनि चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उप्रेतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।