बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापामा आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-१ सखुवाथान घर भइ गौरादह नगरपालिका(१ शितलचोक बस्ने ३९ वर्षीय सजिलाल रिख्यासन रहेका छन् ।

प्रहरीले सजिलाललाई सोमबार बिहान पक्राउ गरेको हो ।

गत बिहीबार सजिललाले आफ्नी श्रीमती संगितालाई खेत नजिकै लगेर कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गरेलगत्तै उनी फरार रहेका थिए ।

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।