सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

रावलको राजीनामाको फिर्ता गर्न दबाब दिन सुदूरपश्चिमका मन्त्रीसहितको टोली काठमाडौंमा

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
रावलको राजीनामाको फिर्ता गर्न दबाब दिन सुदूरपश्चिमका मन्त्रीसहितको टोली काठमाडौंमा

नेकपा एमालेका नेता भीमबहादुर रावलको राजीनामा फिर्ताका लागि दबाब दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौंमा गएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक विकासमन्त्री दीर्घ सोडारीलगायत सांसद र एमाले जिल्ला अध्यक्षहरुको टोली मंगलबार काठमाडौं गएका एमाले पार्टी स्रोतले जानकारी दिएको छ ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका थिए ।

रावलको राजीनामाको फिर्ताका लागि चौतर्फी दबाब छ । एमाले पार्टी अध्यक्ष केपी ओलीले समेत हतारमा गरेको निर्णय फिर्ता गर्नु रावललाई आग्रह गरेका थिए ।