बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

धनगढीमा स्थानीयसँगको झडपमा १० प्रहरी घाइते

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
धनगढीमा स्थानीयसँगको झडपमा १० प्रहरी घाइते

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्ने विषयमा स्थानीय र प्रहरी बीच भएको झडपमा १० जना प्रहरी घाइते भएका छन् ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायत क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि झडप भएको हो । सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । झडपका क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए । पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो । पानी धेरै जमेर विद्युत गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।