सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

केन्द्रमा सत्तारुढ बनेको गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश १ मा पनि सत्ता परिवर्तन गर्न गठबन्धनमा रहेका दलहरु आन्तरिक छलफल जुटेका हुन् ।

राई नेतृत्वको सरकार परिवर्तनका लागि यसअघि पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । एमालेभित्रको विवाद समाधानका लागि कार्यदल गठन गरी वार्ता प्रक्रिया अघि बढेसँगै सो प्रस्ताव निष्क्रिय भएको थियो ।

एमालेको माधवकुमार नेपाल पक्षको सहयोगमा प्रदेश सरकारले बजेट पास गरिसकेको छ । बजेट पास भएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

केन्द्र सरकारलाई माधव पक्षले सहयोग गरेपछि एमाले अध्यक्ष केपी ओलीले उनीहरुमाथि कारबाहीका लागि स्पष्टीकरण सोधेका छन् । यही सेरोफेरोमा प्रदेश सरकारविरुद्ध विपक्षी कांँग्रेससहितका दलले आन्तरिक छलफल अघि बढाएका हुन् ।