बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

चन्द नेतृत्वको नेकपा र सरकारबीचको सहमति कार्यान्वयनमा प्रधानमन्त्री देउवाको प्रतिबद्धता

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
चन्द नेतृत्वको नेकपा र सरकारबीचको सहमति कार्यान्वयनमा प्रधानमन्त्री देउवाको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीचको सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बालुवाटार पुगेका चन्दसहितका नेताहरूलाई देउवाले यस्तो वचन दिएका हुन् ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोलालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न चन्द बालुवाटार गएका थिए । सो भेटमा प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयनमा सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो । सहमतिअनुसार सो पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ ।