टाल्न थालियो काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी

काठमाडौं महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ । सडक डिभिजन काठमाडौंले आफ्नो जिम्मेवारीमा रहेका महानगरभित्रका सडकखण्डका खाल्डा टाल्न थालेको हो । 

सडकका खाल्डामा प्याच गरी मर्मत गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निहुरेले जानकारी दिए ।

+