फेरियो श्रम संस्कृति, विश्वभर ‘हाइब्रिड वर्क मोडल’ लोकप्रिय

सन् २०१९ देखि फैलिएको कोरोना महामारीले औपचारिक क्षेत्रको श्रममा नयाँ संस्कृति थपिदियो । त्यो हो : कार्यालयको काम घरैबाटै गर्ने अर्थात् ‘वर्क फ्रम होम’ ।औपचारिक क्षेत्रमा नियोक्ता र नियुक्त अर्थात् सञ्चालक÷व्यवस्थापक र कर्मचारीबीच एक औपचारिक अनुबन्ध हुन्छ । यो अनुबन्धमा कार्यालय समयको पालनादेखि श्रमको मात्रा र पारिश्रमिक भुक्तानीसम्मका विषय जोडिन्छ ।

+