हत्या आरोपमा सांसद अनिरुद्धसिंह यादव पक्राउ

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेका छन् । माओवादी नेता गोबिन्द चौधरीको हत्या अभियोगमा सांसद यादवलाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

+