‘द रेड सुटेकस’ को टिजर

काठमाडौँ — फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटेकस’ को टिजर सार्वजनिक भएको छ । बिहीबार फिल्मको दुई मिनेट लामो भिडियो क्लिपसँगै पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक क्लिपमा देश छाड्ने र देश फर्कनेको नियति देखाइएको छ । फिडेलको डेब्यु निर्देशन फिल्मको क्लिप र पोस्टर अमेरिकी म्यागेजिन भेराइटीमार्फत सार्वजनिक गरिएको हो । निर्देशक फिडेल र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीचको दुर्लभ सहकार्य रहेको उल्लेख गरेको छ ।

+