पेट्रोलियम डिलर्स एसोसिएसनले घटायो ढुवानी बिमा शुल्क

काठमाडौँ — पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बिमा शुल्क घटाएको छ । नेपाल आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेपछि एसोसिएसनले शुल्क घटाएको हो ।  बिमा शुल्कका नाममा निगमले ०.०६ प्रतिशतका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर एसोसिएसनले पम्प व्यवसायीबाट ०.०८ प्रतिशतका दरले रकम उठाउने गरेको थियो ।

+