सरकारी जग्गामा बनेको भवन धितो राखेर टाइगर प्यालेसलाई ऋण

काठमाडौं- रुपन्देही तिलोत्तमा नगरपालिका-१७ मा सञ्चालन भएको टाइगर प्यालेस होटलले ऋण लिँदा सरकारी जग्गा र सरकारी जग्गामा बनेको भवनसमेत धितो मूल्यांकन भएको विषय खुल्न आएको छ। सरकारी जग्गा र सरकारी जग्गामा बनेको भवनको समेत मूल्यांकन गरी धितो जारी भएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

+